


मानव बेचबिखन जस्तो आपराधिक कार्य कसैको एक्लो प्रयासले मात्र नियन्त्रण नहुँने र यसमा सवैक्षेत्रको साथ सहयोग र समन्वय आवश्यकता रहेको उपप्रमुख उप्रेतीले बताईन् ।
यदि सवैक्षेत्र एकसाथ अघि बढ्ने हो भने मानव बेचबिखन तथा लैङ्गिक हिंसा रहित समाजको निर्माण सम्भव रहेको उनको भनाई थियो । उपप्रमुख उप्रेतीले सबैलाई जागरुक बनेर बेचबिखन र हिंसा रहित समाज निर्माण गर्न सवैमा आग्रह गरीन् ।
संस्थाका शाखा प्रमुख मातृका गुरूङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सरकारी वकिलको कार्यालय झापाका सहायक जिल्ला न्यायधिवक्ता निशा खनालले मानव बेचबिखन र यसका विभिन्न आयामहरू विषयक कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।

मानव बेचबिखन हुन्का लागि देशको सिमाना काट्नै पर्छभन्ने छैन् । देशभित्रै एउटा जिल्लाबाट अर्काे जिल्ला वा गाउँबाट शहरमा गरिने शोषण पनि मानव बेचबखिन भएको बताइएको छ ।
उनले प्रस्तुत गरेको कार्यपत्रमा परिभाषा, तत्वहरू, पीडित न्यायका प्रमुख आधारहरू, पीडितको गोपनियता र सुरक्षा,क्षतिप र पुनःस्थापना, निःशुल्क कानूनी सहायता, समाधानका उपायहरू, संरक्षण र आवासलगायतका विषयमा कार्यपत्रमा समेटिएको छ ।
कार्यक्रममा सहभागी सवैलाई शब्दमार्फत स्वागत गर्दैँ संस्थाका सीमा अनुगमन सहजकर्ता मेनुका नेपालीले पीडितहरूसँग अन्तरवार्ता लिदाँ संवेदनशीलता, गोपनियता, सम्मान र सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल तथा अनुभव आदान प्रदान कार्यक्रमको मुख्य उद्धेश्य रहेको बताईन् ।
सन् २०२५ मा स्थापना भएको आफन्त नेपाल सामाजिक संस्था र स्थापनाकालदेखि नै मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य, बाल संरक्षण, शिक्षा, छात्रावृत्ति सहयोग, पुनः एकीकरण तथा जोखिममा परेका बालबालिका, किशोरी तथा युवाहरूको जीवन सुधारका लागि निरन्तर काम गर्दैँ आएको नेपालीले जानकारी दिईन् ।
संस्थाकी सीमा अनुगमन सहजकर्ता कञ्चन थापा मगरले संस्थाले एकवर्षमा भए गरेका कार्यक्रमका बारेमा सहभागीहरूलाई जानकारी गराईन् । सन् २०२५ मा आठ हजार ४४ जनालाई सूचना सम्प्रेषण गरेको, दुई हजार पाँच सय ९६ जनालाई परामर्श सेवा प्रदान गरेका, एक सय ३८ जनालाई उद्धार तथा अवरोध गरेकोलगायतका कार्यप्रगति वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रमको सञ्चालन सीमा अनुगमन सहजकर्ता प्रितिका थामीले गरेकी थिईन् । अन्तरक्रियामा विशिष्ट अतिथि मेचीनगर नगरपालिका वडा नम्वर –६ का वडा सदस्य, ध्रुवकुमार राई, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार कोइरालासहित विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रमुख प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायतको कार्यक्रममा सहभागिता थियो ।


































