२० पुस, मेचीनगर : स —शस्त्र प्रहरी बल नेपालको २५ औँ स —शस्त्र प्रहरी दिवस २०८२ ‐रजत महोत्सव)को अवसरमा पूर्वको झापा जिल्ला अन्तर्गत मेची नदी र पश्चिमको कञ्चनपुरस्थित गड्डाचौकीबाट झण्डा मार्च शुभारम्भ भएको हो । स —शस्त्र प्रहरी बल नेपालको २५ औँ स —शस्त्र प्रहरी दिवस २०८२ ‐रजत महोत्सव)को ऐतिहासीक अवसरलाई स्मरणिय , प्रेरणादायी तथा राष्ट्रव्यापी सन्देश प्रवाह गर्ने उद्धेश्यका साथ यो कार्यक्रम शुभारम्भ भएको हो ।
मेचीमा आयोजित कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मार्च टोलीका कमाण्डर स — शस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशीलाई नेपालको राष्ट्रिय झण्डा र स—शस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनि मुख्यलयका बाहिनीपति स शस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले मार्च टोलीका सहायक कमाण्डर स —सशस्त्र प्रहरी नायव निरीक्षक सुरेश न्यौपानेलाई स — शस्त्र प्रहरी ‐संगठन)को झण्डा हस्तान्तरण गरेर मार्चको शुभारम्भ गरेका थिए । पूर्व तथा पश्चिमबाट सहभागी झण्डा मार्च कार्यक्रम अभियानमा सहभागीमा नेपालको राष्ट्रिय तथा संगठनको झण्डा रहने छ ।

अभियान उद्घाटनका अवसरमा स—शस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनि मुख्यलयका बाहिनीपति स —शस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले राष्ट्रको सीमा सुरक्षा, अवैध गतिविधि नियन्त्रण, शान्ति सुरक्षा र व्यवस्था कायम गर्ने स शसत्र प्रहरीको दायित्व तथा सीमावर्ती समुदायसँगको सहकार्य र विश्वास सुदृढ गर्ने स्पष्ट सन्देश बोकेको यो झण्डा मार्च पास कार्यक्रम रहेको बताए ।
सीमासँग जोडिएका जिल्लाहरूका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजश्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्धेश्यसहित फौज परिचालन गरिएको स—शस्त्र प्रहरीले जनाएको छ ।
पैदल मार्च पास्टमा इलाकाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिकलगायतका वर्तमान स्थितिबारे जानकारी लिनुका साथै सीमा सुरक्षाको अवस्था, सीमास्तम्भ तथा दशगजा क्षेत्रको अतिक्रमणबारे जानकारी अद्यावधिक हुन गई प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकसँग अन्तक्र्रियाबाट सकारात्मक सम्बन्ध र सामीप्यता अभिवृद्धि भई सीमा सुरक्षामा प्रभावकारिता बढ्ने विश्वास लिइएको छ । सीमाक्षेत्र केवल भौगोलिक रेखामात्र नभएर राष्ट्रको स्वाभिमान, सार्वभौमिकता र अखण्डताको पहिचान भएको बाहिनीपति स —शस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले बताए । यसको सुरक्षा गर्नु स —शस्त्र प्रहरी बल नेपालको मात्र नभएर राज्य संयन्त्र र आम नागरिक सवैको साझा जिम्मेवारी भएको उनले स्पष्ट पारे ।



































