डिएसपी बनेर ६ लाख ठगी गर्ने दुईजना काठमाडौँबाट पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ, जेठ २९: नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली–८ बस्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ तथा सुनसरीको इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भई हाल कलंकी बस्ने ४२ वर्षीय रेवती ओझा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले सो जानकारी दिए।

बोहराका अनुसार, “नेपाल प्रहरीको डिएसपी रहेको बताइ प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनेर ६ लाख रुपैयाँ ठगी गरेको भन्ने निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा निजहरूलाई पक्राउ गरिएको हो।”

अभियुक्तको आपराधिक पृष्ठभूमि:
पक्राउ परेकामध्ये ज्ञानबहादुरको आपराधिक पृष्ठभूमि रहेको खुल्नमा आएको प्रहरीले जनाएको छ। उनी वि.सं. २०७० फागुन २० गते हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पाँच वर्ष जेल सजाय भुक्तान गरेका व्यक्ति हुन्। यसका साथै, उनीमाथि सार्वजनिक अपराध कसुरमा र वि.सं. २०६७ कात्तिक ४ गते जुवा सम्बन्धी कसुरमा पनि मुद्दा चलेको थियो। यसले उनको आपराधिक क्रियाकलापमा निरन्तरता देखाउँछ।

पक्राउ परेका दुवै जनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता बोहराले बताए। प्रहरीले यस्ता ठगीका घटनाबाट बच्न सर्वसाधारणलाई सचेत रहन र कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.