उपमेयरलाई अश्लिल शब्द प्रयोग गर्दै फेसबुकमा पोस्ट गर्ने उर्लाबारीका एक युवक पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीको फोटो राखेर फेसबुकमा अश्लिल शब्द लेख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी–४ का ३३ वर्षीय युवराज खरेल रहेका छन् ।
अश्लिल शब्द प्रयोग गर्दै फेसबुकमा उपमेयर भण्डारीविरुद्ध तथानाम गाली गरेको पाइएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीलाई पक्राउ गरेर खरेललाई कानुनी कारबाहीको दायरामा ल्याएको हो ।

उनीविरुद्ध भण्डारीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । भेटेका ठाउँमा र बाटोमा एवं फेसबुकमार्फत पनि गालीगलौज गर्ने गरेको कुरा उनले जाहेरीमा खुलाएकी छन् । प्रहरीले खरेलविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरेर घटनाको अनुसन्धान थालेको छ । (पुर्बेली ज्युजबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.