मोरङमा एक पुरुषले काठको मुङ्ग्रोले हानेर गरे श्रीमतीको हत्या

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर । मोरङका एक पुरुषले ओछ्यानमा काठको मुङ्ग्रोले हानेर श्रीमतीको हत्या गरेका छन् ।

बेलबारी नगरपालिका–७ बाहुनीका ५४ वर्षीय अम्बिका घिमिरेले ४८ वर्षीया सीता घिमिरेको शनिबार बिहान हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।

बिहान घरभित्र ओछ्यानमा महिला मृत भेटिएको खवर आउनसाथ इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोली घटनास्थल पुगेको थियो।

खनाल नेतृत्वको टोलीले देब्रे कञ्चट फुटेर सिरानी तथा ब्ल्याङ्केटमा रगत लागेको र घोप्टो परेको अवस्थामा शव फेला पारेको हो ।

सिरानीले छोपेको अवस्थामा कपालसमेत लागेको मुङ्ग्रो पनि फेला परेपछि घटनालाई शंकास्पद मानेर प्रहरीले अनुसन्धान थालेको थियो ।

अम्बिकालाई लुकिछिपी बसेको अवस्थामा गाउँबाटै पक्राउ गरेको छ । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.