२३ साउन,इटहरी । इटहरी–२ अन्नपूर्ण मार्गमा ग्रिनेड बम फेला परेको छ । शनिबार(आज) बिहान एक बालकले बम फेला पारेका हुन् ।
अन्नपूर्ण मार्गको सडक निर्माणको क्रममा निर्माण सामाग्री राखिएकै ठाउँमा बम फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
बालबालिकाले शंकास्पद वस्तु फेला पारेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय इटहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले इटहरीस्थित नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरेको थियो ।
बम डिस्पोजलको टोली आएर जाँच गरेपछि उक्त शंकास्पद वस्तु ग्रिनेड बम रहेको खुलेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
बम कसले किन राख्यो भन्ने नखुलेको र थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


























