शहिदको रगत, चियर्स !! : कवि शार्दूल

A notice in Nepali from Mechinagar Ward No. 10

शहिदको रगत, चियर्स !! ********************

माहत्म्य लामो छ !

युगौँदेखिको महाभारत हो यो !

कुनैबेला शिफलमा गोली चल्दा,

सिङ्गो देशको मुटु प्वाल परेको हो

कुनै बेला टेकुमा गोली चल्दा

सिङ्गो देशको टाउको छेडिएको हो!

हो, अँकुशले नबाँधिएको स्वतन्त्र र स्वच्छन्द हत्यारा

देश र देशान्तरको हितमा बोलिहिँड्ने जिब्रो काट्ने जघन्यहरु !

 

त्यो बेला पड्किएको गोलीको त्यो ध्वनी

हरेक वर्ष माघ १६ मा व्रम्हाण्डको एक

फन्को लगाइ आइपुग्छ ! ति दिनहरुको चित्कार अझैपनि हरेक

माघ १६ मा यो भूवनको हरेक कुना,

दुखका छानो,पिडाको भक्कानो र आशाका नयनमा नियालेर फर्कन्छन्

ति आत्मा अझैपनि

हरेक जिन्दगीको क्रमिक घोटाइमा

उनिहरुले पाएको गोलीको प्राप्ती खोज्छन् र निराश हुन्छन् !

भन्नुस्, गँगालाललाइ के नपुग्दो थियो र

गोली खाने रहर गरे ?

दशरथ चन्द्रलाई  के अभाव थियो र

निरँकुशसँग जोरी खोजे ?

धर्मभक्त र शुक्रराजलाइ के सनक थियो र

ज्यान दाउमा राख्न जरुरी थियो ?

केहि थिएन !

केवल एउटै अपेक्षा थियो कि यो देशका

हरेक कुना काप्चाका पिडित र शोषित

आत्माले शास फेर्नेछन् !

यो देशका हरेक गरिब र दु:खीले जिउन

पाउनेछन्

र हरेक रैतीले गौरव र समानताको सतह भेट्नेछन् !

पाए त ?

शुक्रराजको लासको नशालु दुर्गन्धले लठ्ठ

पार्यो राक्षसहरुलाइ

थर्मभक्त,गगालाल र दशरथ चन्दको रगतको ब्यापार गरियो !

कौडी भाउ प्रति लिटरमा बेचिए ती ।

किन्यो कस्ले थाहा छ ?

यहि देशका आदर्शबादी जनताले किने तिनका रगत !

सुन्दैछु, हरेक माघ १६ मा हरेकका घरमा पाक्छ

शहिदको रगत

हरेक माघ १६ मा हरेक जनताको

दिमागले एक डोज खोज्छ

स्वतन्त्रता, आत्मगौरव, स्वाभिमान र

मान्छे हुनुको चेतनाको एक डोज !

तर हामी बिकेका छौँ !

जनता बिकेका छन् !

ति शहिदले देखेका सपनामाथि लात बजार्नेहरु

र सौदाबाजी गर्नेहरुको पैसाको बिटोमा

हामी साटिएका छौँ !

 

हामी कसैको झण्डा बौक्छौँ,

कसैको कार्यकर्ता हुनुमा गर्व गर्छौँ

सिङ्गो देशका खातिर मरेकाहरुको

दोहन गर्दैछौँ !

आज हरेक मान्छे आफ्नो पार्टीको हित सोच्छ

हरेक मान्छे कसैको जेहेन्दार कार्यकर्ताको परिचयपत्र

झुण्डाइ हिँड्छ !

पार्टी भन्दा केहि इन्च माथि उठ्न सक्छौ ?

गुलामी भन्दा केहि इन्च माथि उठि निर्देशक

बन्न सक्छौ ?

 

ति शहिद सोच्दा होलान्

हिजोआज गुण्डापनि शहिद घोषित छन् ।

आजकल दारु पिएर फोक्सो कुहिएर मरेकाहरु पनि

शहिद घोषित छन् ।

आजकल राजनैतिक भागबण्डा र स्वार्थको

किनबेचमा धेरै शहिद घोषित छन् !

मलाइ लाग्छ, स्वर्गको फ्ल्याटहरुमा

नेपालको फ्ल्याट चैँ खचाखच छ

भरिभराउ छ  कोलाहाल !

व्रम्हलुटको प्राप्तीका खातिर कैयौँ शहिद निर्यात गरिए

त्यसैले यो देशमा मात्र हैन

स्वर्गको त्यो नेपाली खण्डमा पनि मारामार छ

हानाहान छ र लुछाचुँडी छ !

हामी व्यापारीहरुको छाप्रोमा छौँ

जसले शहिदका सपना र उद्धेश्य किनबेच गरे

र उनका आत्मा निर्यात गरे

केवल आफ्नो भागबण्डा र स्वार्थका खातिर !

शहिदको रगतमा पौडी खेलेर मज्जा लुट्ने

 

केहि अपजस त हामीलाइपनि लाग्छ

किनकी हाम्रा लागी ढलेको

कसैको शरिर देखेरपनि

हामी वुद्धिमान हुन सकेनौँ

हामीले आँफैलाइ सचेत र स्वाभिमानी बन्न दिएनौँ !

शहिदको सपनाको व्रम्हलुट त गर्यौँ गर्यौँ

तर हामीले आफ्नो जिन्दगीलाइपनि न्याय चैँ गरेनौँ !

जय होस् हत्यारा जनताको !

जय होस् लुटेरा जनताको !

जय होस् भम्पायर जनताको !

आजको दिन एक कचौरा

शहिदको रगत तपाइँलाइपनि मिलोस् शुभकामना !!

 

(  कवि : शार्दूल )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.