विदेशमा बगाएको पसिनाले स्वदेशमा सहयोग : दानबीर बालकृष्णको उदाहरणीय कार्य

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
१९ असोज, मेचीनगर : विदेशमा बगाएको रगत र पसिनालाई स्वदेश फर्केर समाजसेवामा लगानी गर्नु एक अत्यन्तै प्रशंसनीय र गरिमामय कदम हो ।
वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूले आर्थिक पूँजी मात्र होइन, अन्तर्राष्ट्रिय ज्ञान, सीप, प्रविधि र काम गर्ने एउटा फरक दृष्टिकोण पनि साथमा ल्याएका हुन्छन् ।
तर, झापाको मेचीनगर- ०९ मागुमाडीका ६३ वर्षीय बालकृष्ण उप्रेती विदेशमै बसेर पसीना बगाउँदैं कमाएको एक हिस्सा समाज सेवामा खर्च गरिरहेका छन् । नेपालमा शिक्षा, धार्मिक, पर्यटकीय, स्वास्थ्य, वा अनाथ बालबालिकाको क्षेत्रमा काम गरिरहेका स्थापित र पारदर्शी संस्थाहरूलाई उप्रेतीले प्रत्यक्ष आर्थिक सहयोग पठाउने गरेका छन् । तर, उनी उनले समाजमा गरेको योगदान सामाजिक सञ्जाल र विभिन्न मिडियामार्फत बाहिर ल्याउन र चर्चामा आउन खासैं चाहादैंनन् ।
आज भन्दा चारवर्ष अघि वा सन् २०१९ सेप्टेम्बरदेखि उनी संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा अवस्थित ह्युस्टन सहरमा ग्यास डिपार्टमेण्टमा कार्यरत छन् । धेरै समयसम्म बालकृष्णसहित श्रीमती सीता समेत उतै थिईन् । केही महिना अघिमात्र उनी स्वदेश फर्किएकी छन् । उनी स्वदेश फर्केर पनि समाज सेवामै क्रियाशील छन् ।

उप्रेती दम्पति
ह्युस्टन एक अत्यन्तै प्रसिद्ध, ठूलो र महत्वपूर्ण सहर हो । ह्युस्टन अमेरिकाकै चौथो ठूलो सहर (जनसंख्याको आधारमा) र टेक्सास राज्यको सबैभन्दा ठूलो सहर हो । त्यहाँ बसेर कमाएको रकमबाट बचाएर उप्रेती दम्पतिले झापाका स्वास्थ्य, पुस्तकालय, धार्मिक एवम् ऐतिहासीक पर्यटकीय स्थललगायत ३८ वटा सामाजिक संघ संस्थाहरुलाई आर्थिक जिन्सीलगायतका सामग्री प्रदान गरीसकेको बालकृष्ण उप्रेतीको भनाई छ ।
उप्रेती दम्पतिले मेचीनगरका निक्कै धार्मिकस्थलमा सभागृहदेखि शौचालय र पूजाका लागि आवश्यक होमादी स्थल निर्माण गरीदिएर समाजमा दानवीर र समाजसेवीका रुपमा आफूलाई स्थापित गराउन सफल भएका छन् ।
विं.स.२०२० साल चैत २५ गते दिवंगत पिता-माता कृष्णप्रसाद र देवका उप्रेतीका कोखबाट पूर्वी पहाडको ताप्लेजुङ जिल्लाको थेचम्बुमा जन्मेका बालकृष्णका पिता-माताले समाजमा समाजसेवीको परिचय बनाएका थिए । पिता -माताको प्रेरणाबाट उनी समाज सेवामा सक्रिय भएर आफुलाई उभ्याउन चाहान्थे । समाजसेवा मानवसँग सम्बन्धित हुन्छ र मानवताप्रति देखाएको श्रद्धा नै समाजसेवा हुन जान्छ । समाजसेवाको भित्र स्वार्थ लुकेको हुनु हुँदैन । साथै समाजसेवीको हृदय विशाल हुनुपर्दछ भन्ने मान्यता उप्रेतीमा छ । गीतामा भने झैं ‘कर्म गर फलको आशा नगर’ भन्ने कुरालाई मध्यनजर गर्दै उनले व्यवहारमा उतारेर समाजसेवीको पहिचान बनाएका छन् ।

उप्रेतीले निजी लगानीमा निर्माण गरेको हवन कुण्ड

झापाको मेचीनगर-०९ मागुरमाडीमा रहेको नर्वदेश्वर शिवालय मन्दिर परिसरमा माता -पिताको स्मृतिमा उप्रेती परिवारले लाखौं रुपैयाँ खर्च गरेर हवन कुण्ड निर्माण गरिदिएको छ । जसका कारण मन्दिरमा आयोजना हुने पूजाआजामा निक्कै सहज मिलेको मन्दिर निर्माणकर्ता गंगादेवी निरौलाले बताईन् । ‘मन्दिर निर्माण गरे पनि हवन कुण्ड नभएका कारण निक्कै दुखः कष्ट अनि समस्या थियो, यो हवन कुण्ड बालकृष्ण उप्रेतीले अमेरिकामा रहेर पनि आफ्‌नो एकल लगानीमा निर्माण गरिदिनुभयो ज्यादैं खुशी लागेको छ । ’ निरौलाले भनिन् ।
सोहि वडामा मौदगल्य गोत्रिय उप्रेती पितृ प्रतिष्ठान निर्माण गरेर उप्रेतीले बन्धुत्वको भावना जगाएका छन् । मौदगल्य ऋषिको कुल वा वंश परम्परामा पर्ने सवै थरलाई त्यहाँ स्पष्ट राखिएको छ । प्रतिष्ठान परिसरमा सुविधा सम्पन्न कार्पेट समेत विछ्याएको सभाहल (भव्य भवन) खानको उचित व्यवस्थाका लागि भान्सा घर, प्रतिक्षालय, शौचालयलगायतका भौतिक संरचना निर्माण गरिएको श्रीमती सीता उप्रेतीको भनाई छ । करीब डेढदेखि दुईसय जनासम्म अट्ने सभाहल सवैका लागि खुला छ । सामाजिक गतिविधि गर्न टेवल कुर्सी, आर्कषक मञ्चदेखि विद्युतसम्मको व्यवस्था हलभित्र छ । मञ्चको हलमा विभिन्न प्रेरणादायी वाण्ीहरु अंकित पर्चा र पोस्टरले त्यहाँ भित्र प्रवेश गर्ने जो कोहीलाई पनि समाज सेवामा लाग्न प्रेरणा मिल्छ । मौदगल्य गोत्रिय उप्रेतीका पितृहरुको तस्वीर लहरै राखिएको छ । अर्कोतर्फ नेपालका राष्ट्रिय विभूतिहरुका तस्वीर र राष्ट्रिय गानलाई सजाइएको छ ।
मेचीनगर-९ कै चियावाल्नी गाउँ । जहाँ धार्मिक आस्था सिहंदेवीको मन्दिर छ । वर्षौदेखि मन्दिर परिसरमा पूजापाठ किर्तन हुदैं आएको छ । झण्डै मन्दिरको पहिचान हराउनै लागेको थियो । २०७७ सालमा समिति बनाएर यसको संरक्षणमा स्थानीय लागे पनि, शौचालय, सभाहल नभएका कारण निक्कै समस्या थियो । पछि उप्रेतीले आफ्‌नै एकल लगानीमा सुविधा सम्पन्न सभाहल, शौचालय निर्माण गरिदिए । जस्लाई सिहंदेवी स्थान दरवार पनि भनिन्छ । दरवारमा नियमावली, वाण्ी व्यानर, भेन्टीलेसन र ढोकासहितको दुई कोठे स्नान र आराम गृह, होम कुण्ड टेवल कुर्सी र दान पेटिकाको समेत व्यवस्था उप्रेतीले गरिदिएका छन् ।
बडादशैंका अवसरमा उक्त संरचना सिहंदेवी स्थान सेवा समितिलाई हस्तान्तरणको तयारी गरीएको श्रीमती सीताले जानकारी दिईन् । स्थानीय खड्गप्रसाद भेट्वाल यी संरचना निर्माण पश्चात मन्दिरमा पूजाआजाका लागि आउने भक्तजनहरुलाई निक्कै राहत मिलेको बताउँछन् । नाग, शिव र सिहंदेवी तीनटा देवी देवताको मूर्ति मन्दिरमा राखिएको छ । मन्दिरमा साक्षतदेवी भएका कारण दर्शन गरेमात्र आफ्‌नो मनोकाँक्ष पुरा हुने विश्वास स्थानीयको छ । अमेरिकामा बसेर दुःख गरेर कमाएको रकममध्ये एक दुई पैसा धार्मिक कार्यमा उप्रेतीले गरेको सहयोगको प्रशंसा जति गरे पनि कम हुने भेटवालको भनाई छ ।

मौदगल्य गोत्रिय उप्रेती पितृ प्रतिष्ठान
यो संरचना तयार भईसकेपछि पूजाआजादेखि समितिको भेला, बैठक, छलफल र अन्य कार्यक्रम गर्न समेत सहजता मिलेको सामाजिक अगुवा इन्द्रप्रसाद पाठक बताउँछन् । यी त उप्रेतीले समाजमा गरेका केही प्रतिनिधिमुलक कार्य मात्र हुन् । उनले विदेशमा बसेर नेपाली समाजमा पुर्याएको योगदानको फेरेरिस्ता निक्कै लामो छ । मेचीनगर -१० को आम्दा मेची अस्पतालको मुलगेट, त्रिफला राष्ट्रिय पुस्तकालय मेचीनगर -१० लाई नगद एकलाख रुपैयाँसहित ११ थान कुर्सी, निन्दा नदीको तटमा रहेको रामघाट दिव्यधान मेचीनगर- १० धुलावारीलाई पटक पटक गरी नगद ५१ हजार रुपैयाँ,
मेचीनगर-९ मागुरमाडी सिहंदेवी मन्दिरलाई कुर्सी ११ थान, डब्बी २ थान, कराई २ थान, मेचीनगर – ९ मागुरमाडीस्थित सिद्धदेवी मन्दिरलाई चार धुर जग्गा, कुर्सी ११ थान, किरात समुदाय मन्दिरलाई कुर्सी ११ थान, गुम्बा मन्दिरलाई कुर्सी ११ थान, स्वबोध साधना केन्द्र मेचीनगर -९ लाई कुर्सी ११ थान, भित्ते वाल घडी १ थान उप्रेती परिवारले सहयोग गरेको छ ।
सोहि वडाको शिवालय मन्दिरलाई कुर्सी ११ थान, सिद्धदेवी मन्दिर खुटट्ीडाँगीलाई कुर्सी ११ थान, सत्यनारायण मन्दिर (गुरागाई मन्दिर) लाई कुर्सी ११ थान र नगद, दुर्गा मन्दिरलाई ११ थान, धुलावारी मुल दुर्गा मन्दिरलाई कुर्सी ११ थान, मेचीनगर पालिका—१० हाटबजार दुर्गा पूजा समितिलाई कुर्सी ११ थान, धुलावारी गणेश मन्दिरलाई कुर्सी ११ थान, पञ्चमुखी हनुमान मन्दिरलाई कुर्सी ११ थान, खुबला हनुमानलाई कुर्सी छ थान, धुपचुप बाबा मन्दिरलाई कुर्सी छ थान, सुमित्रा मन्दिरलाई कुर्सी तीन थान, ज्यामिरगढी शिवालयलाई कुर्सी ११ थान र वाल घडी एक थान, मेचीनगर -१० कालीमाता मन्दिरलाई कुर्सी छ थान, मेचीनगर-९ गोजाबस्ती दुर्गामन्दिरलाई कुर्सी ११ थान, विर्तामोड पुरानो पञ्चकन्यालाई कुर्सी ११ थान, डाँगीबारी हाटबजार दुर्गा मन्दिरलाई कुर्सी ११ थान, डाँगीबारी स्वास्थ्य चौकीलाई ब्रेन्च दुई थान र वाल घडी तीनवटा, मेचीनगर- ९ शिव चर्च कुर्सीलाई ११ थान, मेचीनगर- १० जय गुरु मन्दिरलाई कुर्सी ११ थान, आयावारी मन्दिरलाई कुर्सी ११ थान, पूर्व प्रहरी संगठनलाई कुर्सी ११ थान, मेचीनगर लेडी जेसिजलाई कुर्सी ११ थान, मेनपा १० हाट बजार बुद्ध कुर्सी ११ थान सहयोग उनको परिवारले प्रदान गरेको छ ।
आफ्नो कमाईलाई समाजको रूपान्तरणमा लगानी गर्नका लागि उप्रेती थुप्रैका लागि प्रेरणाका स्रोत बनेका छन् । विदेशमा बसेर आफ्नो मातृभूमिमा समाज सेवा वा सामाजिक कार्यमा सहयोग गर्ने इच्छा राख्नु एक अत्यन्तै प्रशंसनीय र आदरणीय कदम भएको स्थानीय शिक्षक हेमेन्द्र निरौलाको भनाई छ । उप्रेतीले प्रवासमा रहेर पनि विभिन्न माध्यमबाट नेपालमा ठूलो र सकारात्मक प्रभाव पार्न सकेको शिक्षक निरौला बताउँछन् ।
समाजसेवी बन्नलाई ठूलो त्याग गरी निहित स्वार्थमा लाग्नु हुँदैन । विशुद्ध समाजसेवीलाई सम्मान गर्न जान्नुपर्ने स्थानीय खड्ग भेटवालको तर्क छ । समाजसेवा पवित्र कार्य हो । सबैलाई समाजसेवी भनिदियो भने वास्तविक समाजसेवी ओझेलमा पर्छन् । यसकारण पनि यसतर्फ सवै बेलैमा सचेत हुने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.