इटहरीमा २०८ औं भानु जयन्ती मनाइयो, विन्दु दाहाल “मुक दर्शक”लाई ´इटहरी काव्य पुरस्कार` प्रदान

A notice in Nepali from Mechinagar Ward No. 10

२९,असार,इटहरी । सुनसरीको इटहरीमा आज (मङ्लबार) २०८ औं भानु जयन्तीको अवसरमा एक स्रस्टालाई सम्मान र विविध कार्यक्रम गरि भानु जयन्ती मनाइएको छ ।
साहित्यकार विन्दु दहाल ” मुक दर्शक”लाई ´इटहरी काव्य पुरस्कार´ सम्मान प्रदान गरिएको हो। उनलाई´ रङ तरङ` शोक खण्ड काव्यका लागि इटहरी साहित्यिक समूले नगद रु .१५ हजार १ सय नगद,ढाका टोपी र सम्मान पत्रले सम्मान गरेको हो ।

कोरोमा संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सबै स्वास्थ्य प्रोटोकल अपनाएर भौतिक दूरी पालन गरि आयोजना गरिएको सो कार्यक्रमका प्रमुख वक्ता गजलकार टीका आत्रेय ,अन्य वक्ताहरुमा छवि वैरागी,डा. बद्री विशाल पोखरेलले आदिकवि भानुभक्त आचार्यको योगदान बारे चर्चा गर्दै इटहरी साहित्यिक समूहको समेत प्रशंसा गरेका थिए । सुनसरी,मोरङ,झापा लगायत अन्य ठाँउबाट पाल्नुभएका स्थापित स्रष्टा , नव सर्जक , रङकर्मी, कलाकारहरु , प्राध्यापक ,विभिन्न संघ संस्थामा आवद्द व्यक्तित्व र पत्रकार लगायतको उपस्तिथि रहेको सो कार्यक्रममा केही सर्जकहरुले छन्दोबद्द कविता समेत वाचन गरि आदिकविलाई सम्झेका थिए ।

वरिष्ठ शास्त्रीय गायक,सङ्गीतकार गुरुदेव कामतको प्रमुख आतिथ्य, समूहका सचिव जगदिश सापकोटाको सञ्चालन, उपाध्यक्ष हेमन्त गौतमको स्वागत मन्तव्य रहेको र इटहरी साहित्यक समूहका अध्यक्ष श्रीप्रसाद पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.