नपठाएको प्रेमपत्र–२

A notice in Nepali from Mechinagar Ward No. 10
प्यारी सपु…..
धेरै धेरै मायाहरु….
नझरोस पात भूईँभरी हुरी चलेर

नकटोस रात रोई रोई आँसु झरेर…

छेउमा साथीले सुत्ने बेलामा यो गीत गुनगुनाई रहँदा मेरो मनमा एक तमासको तुफान आइरहेको थियो भन्ने कुरा उसले के महशुस गर्थ्यो र …? राती धेरैबेर सम्म आँखामा तिम्रो तस्वीरहरु सल्बलाउन थाल्यो । आँखाबाट तप्किएका थोपाहरुमा तिम्रो तस्वीर धमिलो भयो । किन किन तिमी सँग विताएका अनमोल क्षणहरु एकपछि अर्को गर्दै अतीतका पानाहरु पल्टदै गए । भनिन्छ अतीतले मान्छेलाई वर्तमानमा बाँच्न सिकाउँछ । म पनि केहीक्षण अतीतका अमूल्य क्षणहरु सँग हराउन पुगेँ । ओल्टे–कोल्टे फेर्दै गर्दा रात तन्किरहेको थियो । साथीको

अर्को गीतले मेरो मन तानिरहयो…….

तिमी मसँग भैदिए जे सुकै आँट्न सक्छु म ….
हेरेर तिमीलाई नै जिन्दगी काट्न सक्छु म…..
तिमी मसँग भैदिए………
झुटो यो दुनियाँ त के भगवानलाई ढाँट्न सक्छु म……….

यस्तो लाग्यो कि यी गीतका प्रत्येक शब्दहरु मैले भनिरहेको छु । गीत संगीत सुन्दा पनि यस्तो लाग्छ कि तिनीहरुले मलाई नै गिज्याइरहेका छन् । पल पल यादहरुमा डुविरहन्छु म ।

 सपु ! के मायाले मान्छेलाई अस्थिर बानाउँछ ? साँचो मायाले त अस्थिर जीवनलाई पनि स्थिर र सुसंगठित बनाउँछ होइन र ? माया किन मेरो जीवनमा परछाया बनेर पछ्याई रहन्छ ? किन तिमी मेरो मन मस्तिष्कको गहिराइमा छाइरहन्छौं ? तिमीबाट टाढा भएर बस्न त झन सिसा माथि हिड्नु झै भैइरहेकोछ । टाढाबाट हुने ऐठन भन्दा त नजिकबाट हुने तितो पिरो नै मिठो हुँदो रहेछ ।
उही तिमीलाई माया गर्ने,
रिदम….
काठमाण्डौं
मिति : २०६६/०९/२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.