रोटरी क्लब अफ सुरुङ्गाद्वारा जामुनखाडीमा वृक्षरोपण

२७ असार , कनकाई :  पूर्वकै प्रसिद्ध पर्यटकीय नगरी कनकाईको जामुनखाडी सिमसार क्षेत्रमा विभिन्न प्रजातीका २ सय विरुवा रोपण गरिएको छ ।

अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाको आयोजना एवम् रोट्रयाक क्लव अफ सुरुङ्गाको सहकार्यमा वृक्षरोपण कार्यक्रम भएको हो । रोटरी क्लव सुरुङ्गाका अध्यक्ष सुशिलकुमार श्रेष्ठको सभापतित्व एवम् जामुनवारी सामुदायिक वन समूह साथै सिमसार तथा पर्यटकीय क्षेत्रका अध्यक्ष ख्यामराज सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न वृक्षरोपणको औपचारीक कार्यक्रमको संचालन रोट्रयाक क्लवकी सचिव सारिका गिरीले गरेकी थिइन् । वृक्षरोपण कार्यक्रममा रोटरीका निवर्तमान अध्यक्ष टिकाप्रसाद जमरकट्टेल लगायत क्लवका पदाधिकारीहरु साथै रोट्रयाक क्लवका अध्यक्ष दिपेन ओली साथै अन्य पदाधिकारीहरुको सहभागिता रहेको रोटरी क्लव अफ सुरुङ्गाका मिडिया कोडिनेटर पत्रकार रामप्रसाद निरौलाले जानकारी दिएका छन् ।

झापाको कनकाई नगर क्षेत्रमा क्रियाशिल सामाजिक अभियन्ताहरुले नेतृत्व गरेको संस्था रोटरी क्लवले कनकाई नगर लगायत आसपासका क्षेत्रहरुमा समेत विभिन्न सामाजिक गतिविधि गर्दै आएको क्लवका अध्यक्ष सुशिलकुमार श्रेष्ठले बताए । क्लवको वार्षिक क्यालेण्डर अनुसार वातावरणको शुद्धतामा विशेष ध्यान दिँदै क्लवले हरेक वर्ष बेग्ला बेग्लै स्थानमा वृक्षरोपण गर्नुका साथै त्यसको संरक्षण गर्ने कार्यमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको बताइएको छ । क्लवले दुई वर्ष अघि झापा गाउँपालिकास्थित रानी सामुदायिक वन क्षेत्रमा समेत विभिन्न जातका विरुवा रोपण गरेर त्यसको संरक्षणकालागि सक्रियता देखाउँदै आएको छ ।

तीन वर्ष अघि मात्र स्थापना भएको सुरुङ्गा रोटरीले स्थापना वर्षदेखि नै स्थानीय स्तरमा लक्षित वर्गलाई न्यानो कपडा वितरण, शुद्ध पिउने पानी तथा सरसफाई, आधारभूत शिक्षामा सहयोग, शारीरिक रुपमा अशक्त भएका वालवालिकाहरुकालागि ह्वील चेयर वितरण लगायत समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा समेत महत्वपूर्ण कार्य गर्दै आएको क्लवका पूर्व अध्यक्ष एवम् डिस्ट्रीक पव्लीक इमेज कमिटीका को—चेयर कुमारमणि पोखरेलले बताएका छन् । सामाजिक क्षेत्रमा निस्वार्थ ढङ्गले रचनात्मक कार्य गर्दै आएको क्लवले आफ्नो वार्षिक क्यालेण्डर निर्माण गरी सेवाका क्षेत्रमा समेत महत्वपूर्ण कार्य गर्दै आएको बताइएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.