३१ असार, मेचीनगर : झापाकाे मेचीनगरमा विहीवार करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ ।
मेचीनगर-३ काे गंगटे खाेल्सीमा विद्युत प्रयाेग गरेर माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय ३१ वर्षीय सराेज किसानकाे घटनास्थलमै मृत्यु भएकाे वडा सदस्य छाेटबहादुर राईले जानकारी दिनुभयाे ।
उहाँका अनुसार दिउसाे साढे २ बजे किसानलाई करेन्ट लागेकाे थियाे । घटना भए लगत्तै गाउँले सवैतिर खवर गरेका थिए । घटनाका बारेमा प्रहरी चाैकी बाहुनडाँगीमा जानकारी गराईएकाे थियाे ।
प्रहरीले घटनाकाे लासजाँच प्रकृित मुचुल्का तयार गरेर पाेष्टमार्टमका लागि किसानकाे शवलाई मेची प्रादेशिक अस्पताल भद्रपुर पठाउने वडा सदस्य राईले बताउनुभयाे ।