करेन्ट लागेर किसानको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

३१ असार, मेचीनगर :  झापाकाे मेचीनगरमा विहीवार करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ ।

मेचीनगर-३ काे गंगटे खाेल्सीमा विद्युत प्रयाेग गरेर माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय ३१ वर्षीय सराेज किसानकाे घटनास्थलमै मृत्यु भएकाे वडा सदस्य छाेटबहादुर राईले जानकारी दिनुभयाे ।

उहाँका अनुसार दिउसाे साढे २ बजे किसानलाई करेन्ट लागेकाे थियाे । घटना भए लगत्त‌ै गाउँले सवैतिर खवर गरेका थिए । घटनाका बारेमा प्रहरी चाैकी बाहुनडाँगीमा जानकारी गराईएकाे थियाे ।

प्रहरीले घटनाकाे लासजाँच प्रकृित मुचुल्का तयार गरेर पाेष्टमार्टमका लागि किसानकाे शवलाई मेची प्रादेशिक अस्पताल भद्रपुर पठाउने वडा सदस्य राईले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.