३१ असार, भद्रपुर : झापाको भद्रपुर नगरपालिका– ६ बस्ने २४ बर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर निधन भएको छ । बिहीबार बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्किएर बेहोस भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।
पानी सर्किएर बेहोस भएका उनलाई उपचारका लागि मेची अस्पताल भद्रपुर पुर्याइएको भएपनि उपचारकै क्रममा क्रममा विहान ८ः ४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।