नगरप्रमुख आचार्यको पीसीआर रिपोर्ट नेगेटिभ

एकसाता पछि डिस्चार्ज हुने संकेत

A notice in Nepali from Mechinagar Ward No. 10

शिलीगुडी | भारतकाे शिलीगुडीस्थित किन्स अस्पतालमा उपचारकालागि भर्ना हुनुभएका मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यकाे पीसीआर परीक्षणकाे रिपोर्ट नेगेटिभ आएकाे छ ।

उहाँकाे केहीदिनअघिमात्र पीसीआर परीक्षणका लागि अस्पतालले थ्राेड स्वाव नमूना संकलन गरेकाे थियाे । मंगलबार प्राप्त रिपोर्ट नेगेटिभ आएकाे बताईएकाे छ ।

उहाँकाे फाेक्साे र छातीकाे सिट स्क्यान गरिएकाे र त्यसकाे रिपोर्टमा संक्रमण कम देखिएकाे क्रमस सुधार आएकाे अस्पतालले जनाएकाे छ ।

असाेज २८ गते झापाकाे कन्काई नगरपालिकास्थित कन्काई काेभिड प्रयाेगशालामा पिसीआर परीक्षण गर्दा पाेजेटिभ आएकाे थियाे । त्यस लगत्तै नगरप्रमुख आचार्य व्यवस्थितरूपमा हाेम आईसाेलेसनमा बस्नुभएकाे नगरपालिकाका प्रेस संयाेजक लक्ष्मी उप्रेतीले बताउनुभयाे ।

तर्, उहाँकाे थप स्वास्थ परीक्षण गर्नुपर्ने भएकाले कात्तिक ४ गते विराटनगरस्थित नाेवल मेडिकल कलेजमा भर्ना गरिएकाे थियाे । विराटनगरमा साेचे अनुसार स्वास्थ्यमा सुधार नआएपछि एकसातासम्म नाेवल मेडिकल कलेजमा राखेर कात्तिक ११ गते पश्चिम बंगालकाे शिलीगुडीस्थित हिलकार्ट राेडमा रहेकाे किन्स अस्पतालमा उपचारकालागि भर्ना गरिएकाे नगरप्रमसख आचार्य पत्नी गीता प्रसाईं आचार्यले जानकारी दिनुभयाे ।

मंगलवार मेचीनगर नगरपालिका वडानम्वर ४ का वडाध्यक्ष नवीन वराल, नगरपालिकाका प्रेस संयाेजक लक्ष्मी उप्रेती स्थानीय प्रशासन प्रमुखसहितकाे टाेलीले अस्पताल पुगेर नगरप्रमुख आचार्यकाे स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिएकाे थियाे ।

“अहिले मलाई धेरै राम्राे छ , डक्टरले एकसातापछि डिस्चार्ज गर्ने संकेत गर्नुभएकाे छ ” नगरप्रमुख आचार्यले भन्नुभयाे-” अहिले छाती र फाेक्साेमा संक्रमण रहेछ क्रमस सुधार हुने चिकित्सकले बताएका छन् “। अस्पतालले आफ्नाे उपचारमा कुनै कुराकाे कमि हुन नदिएकाे उहाँकाे भनाई छ ।

उहाँकाे डिस्चार्ज भएपछि बेला बखत डक्टरसँगकाे फ्लाेअपमा जानुपर्ने पत्नी आचार्यकाे भनाई छ । उहाँकाे स्वास्थ्यमा साेचेभन्दा उल्लेखिय सुधार आएकाे वडाध्यक्ष वरालले बताउनुभयाे ।

“नगरप्रमुख ज्यु हामीसँग राम्ररी बाेल्नुभयाे” वडाध्यक्ष वरालले भन्नुभयाे-” उहाँमा हल्का खाेकी र छाती तथा फाेक्साेमा संक्रमण भएकाले डक्टरले धेरै नबाेल्न सुल्झाएका छन् । ”

उहाँकाे डक्टर शेखर चक्रवर्ती नेतृत्वकाे स्वास्थ्यकर्मीकाे टाेलीले उपचार गरिरहेकाे छ । नगरप्रमुख आचार्यका मित्र व्यसायी प्रमाेदकुमार मित्तलले अस्पतालमा निक्कै साथ सहयाेग गरिरहनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.