शिलीगुडी | भारतकाे पश्चिम बंगाल राज्यकाे शिलीगुडीस्थित किन्स अस्पतालमा उपचाररत मेचीनगर नगरपालिका प्रमुख विमल अाचार्यले अाफू अब छिट्टै निकाे भएर नगरवासीकाे सेवामा सक्रिय हुने बताउनुभएकाे छ ।
शुक्रवार नगरका उपप्रमुख मीना पाेखरेल उप्रेतीसहितकाे एक टाेलीले अस्पतालमा पुगेर नगरप्रमुख अाचार्यकाे पछिल्लाे स्वास्थ अवस्थाका बारेमा जानकारी लिएकाे थियाे । कात्तिक ११ गतेदेखि उपचारकालागि साे अस्पतालमा उपचारकालागि भर्ना हुनुभएका नगरप्रमुख अाचार्यले अाफ्नाे स्वास्थ्यमा निक्कै सुधार अाएका कारण अब चाडै अस्पतालबाट डिस्चार्ज भएर अाफ्नाे काममा फर्किने बताउनुभएकाे थियाे । ” नगरप्रमुख अाचार्यले स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकाले छिट्टै जनताकाे सेवामा सक्रिय हुने प्रतिवद्धता व्यक्त गर्नुभयाे ” टाेलीमा सहभागी काँकडभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले भन्नुभयाे ।
टाेलीमा नगरपालिकाका कार्यपालिका सदस्य कृष्ण कनाल, प्रमुख प्रशासकीय अधिकृत दीनानाथ लम्साल, जिन्सी प्रमुख प्रेम पराजुली र काँकडभिट्टा बहुमुखी क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती हुनुहुन्थयाे ।
असाेज २८ मा काेभिड १९ काे संक्रमण पुष्टि भएपछि विराटनगरकाे नाेवल मेडिकल कलेजमा एकसाता लामाे उपचार पश्चात् थप उपारकालागि नगरप्रमुख अाचार्यलाई उक्त अस्पतालमा भर्ना गरिएकाे थियाे । अस्पतालका अनुसार अब उहाँलाई साेमबार डिस्चार्ज गरिने छ । तर, उहाँ निरन्तर चिकित्सककाे निगरानीमा रहनु पर्ने अस्पतालकाे भनाई छ ।