काँकरभिट्टामा मौन जुलुस

A notice in Nepali from Mechinagar Ward No. 10

बुधबार १०, मङि्सर २०७७
काँकरभिट्टा | झापाको मेचीनगर—६ स्थित काँकरभिट्टामा रहेको होल्डिङ्ग सेन्टर तत्काल हटाउनुपर्ने माग गदैं बुधाबार झापाको मेचीनगरमा विभिन्न व्यवसायीहरुले मौन जुलुस प्रदर्शन गरेका छन् ।

होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाले संयुक्तरुपमा आयोजना गरेको मौन जुलुसमा स्वतःस्फूतरुपमा विभिन्न व्यवसायीहरु समेत सहभागी थिए ।

काँकरभिट्टा बसपार्कबाट दिउसो २ बजे व्यवसायी बन्दीमा, जनता मरे आर्थिक मन्दीमा, रोगले होइन भोकले मर्यौ, यात्रुहरुमा एकीकृत प्रणाली लागू गर, यात्रु आवगमनमा सहजीकरण गर, बन्द नाका खुला गर, उपेक्षित नाकाबन्दी चाहिन्दैंन, होल्डिङ्ग सेन्टरमा गाडी बुक गर्ने कार्य तत्काल बन्द गर जस्ता नारा लेखिएका प्लेकार्डसहितको जुलुसले पुरानो गाविस रोड, गुरासपथ, शान्ति मार्ग, पुरानो सुपारी लाईन, बाहुनडाँगी रोड, भट्टराई चोक पूर्व प्रगति टोललगायतको परिक्रमा गरेको थियो ।

जुलुसमा ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ गोपाल फेवा, सुन चाँदी व्यवसायी संघका अध्यक्ष राजेश गहतराजलगायत अन्य व्यवसायमा सम्बद्घ व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.