बजारमा ह्वात्तै घटयो आलुको मूल्य

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा | कुनैबेला १ सय ३० रुपैयाँ प्रतिकेजीमा विक्री भएको आलुको मुल्य अहिले सोच्नै नसकिने गरि घटेको छ । झापाको मेचीनगरको मुख्यः व्यपारिक केन्द्रविन्दु काँकरभिट्टाको सव्जी पसलमा अहिले आलु प्रतिकेजी ९० रुपैयाँमा किनवेच हुने सव्जी व्यवसायीहरुको भनाई छ ।

पछिल्लो समय काँकरभिट्टाको सव्जी पसलमा आलुको मुल्य नपत्याउने गरी घटेको छ । आलुको ब्यबसायी खेती हुदाँ उत्पादनमा बृद्धि हुनु र नयाँ आलु बजारमा आएसँगै मुल्य घटेक व्यवसायीहरुको भनाई छ । अहिले बजारमा आलुको मुल्य सस्तिएको बताउदैं आलुको मुल्य कम हुनुको मुख्यः कारण बजारमा नयाँ आलु प्रश्स्त रुपमा भेटिनुनै भएको काँकरभिट्टाका सव्जी व्यपारी सुरज भुर्तेलको भनाई छ । नयाँ आलु बजारमा नआउदासम्म प्रतिकेजी १ सय ३० रुपैयाँ प्रतिकेजी पर्ने भएपनि नयाँ आएसंगै प्रतिकेजी ५० देखि ६० रुपैयाँ मुल्य घटेको उहाँको भनाई छ ।

आलु खेती घरयासी प्रयोगका लागि गरिने भएको भएपनि पछिल्लो समय आम्दानी हुन थालेपछि आलुको ब्यबसायीक खेती सुरु भएको कारण पनि अहिले नयाँ आलु बजारमा प्रश्स्त पाइने व्यपारीहरुको भनाई छ । किसानबाट किन्दा आलुको मुल्य प्रतिकेजी ५० देखि ५५ रुपैयाँ परेपनि बजारमा भने ७० देखि ९० रुपैयाँ पर्ने उपभोक्ताको भनाई छ ।

केही समय अगाडीको तुलनामा आलुको मुल्य आधा घटेको तरकारी व्यवसायी सवु राउतको भनाई छ । आलुको मुल्य प्रतिकेजी ८५ देखि ९० रुपैयाँसम्ममा बिक्री हुने गरेको उहाँको भनाई छ ।

आलुबाली विकासको लागि सरकारीस्तरबाट २०२९ सालमा राष्ट्रियस्तरमा राष्ट्रिय आलुबाली विकास कार्यक्रमको स्थापना भयो । स्थापना कालदेखि नै कार्यक्रमद्वारा आलु बाली सम्वन्धि अनुसन्धान र विकासका कार्यहरु सञ्चालन हुँदै आए । आलु बालीको जातीय उत्थान लगायत उन्नत प्रविधिहरूको विकास तथा व्यवस्थापन अनुसन्धान एवम् विकासका कार्यहरूसमेत भइरहेका छन् ।

२०५२ सालमा आलु बाली विकास कार्यक्रमका रुपमा पुनर्गठन हुँदा अनुसन्धानको पाटोबाहेक आलुवालीको प्रविधि हस्तान्तरणमा केन्द्रित रहि विभिन्न आलुवाली विकासका क्रियाकलापहरु सञ्चालन गर्न थाल्यो । पछि आलुवाली विकास शाखाको रुपमा र २०५८ साल देखि पुनः राष्ट्रिय आलुवाली विकास कार्यक्रमको रुपमा पुनर्गठन भई आलुवाली विकासका कार्यक्रमहरु सञ्चालन गर्दै कृषक तथा उपभोक्ता वर्गहरूको आय आर्जनका साथै खाद्य आपूर्तिमा टेवा पुर्याई मुलुकको आर्थिक विकासमा यस कार्यक्रमले उल्लेखनीय योगदान पुर्याउदै आएको सरकारी दाबी छ ।

कृषि मन्त्रालय कृषि विभाग अन्तर्गतको राष्ट्रिय आलु बाली विकास कार्यक्रम खुमलटारका अनुसार नेपालमा उत्पादन भएको आलुले माग नधानेपछि आयात गर्नुपर्ने बाध्यता छ । नेपालमा २ लाख हेक्टर जमीनमा प्रति हेक्टर १४ मेट्रिक टनका दरले वर्षेनी २८ लाख मेट्रिकटन आलु नेपालमा उत्पादन हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.