सिकेको सीपलाई व्यवहारमा उतार्न उपप्रमुखको जोड

A notice in Nepali from Mechinagar Ward No. 10

११ फागुन, मेचीनगर : मेचीनगर नगपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले आफूले सिकेको सीपलाई अन्त्य नगरी निरन्तरता दिए महिलाहरु आत्मनिर्भर हुने विश्वास व्यक्त गर्नुभएको छ ।

मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा संकल्प महिला संघ मेचीनगर—६ ले आयोजना गरेको ५ दिने थैलो, व्याग, झोला सिलाई कटाई तालिमको बुधबार समापन समारोहमा बोल्दैं प्रमुख अतिथि उप्रेतीले यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले आफुसँग जतिनै शैक्षिक योग्यताको प्रमाण पत्र भए पनि हातमा सीप नभए बेराजगार बस्नु पर्ने बताउदैं सीप हुने मान्छे कहिल्यै बेरोजगार बस्नु नपर्ने तथा आर्थिकरुपमा कमजोर नभई सधै मजवुत हुने विश्वास व्यक्त गर्नुभयो । सीपले मानिसलाई दक्ष बनाउने भन्दैं उहाँले अब हरेक मान्छे आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । यस्ता झोला उत्पादन गर्न सके प्लाष्टिक मुक्त नगरपालिका बनाउन सकिने उहाँको भनाई थियो ।

यसले स्वदेशको पूँजी स्वदेशमै लाग्ने र परनिर्भरतालाई अन्त्य गर्ने नगर उपप्रमुख उप्रेतीको भनाई थियो । स्थानीय स्तरमा उत्पादन भएका वस्तुलाई बजारको समस्या भएको भन्दैं यस्ता वस्तुको बजारका लागि नगरपालिका लाग्ने बताउनुभयो । उपप्रमुख उप्रेतीले हरेक महिला अब चुलो र चौकोमा मात्र सिमित हुन नहुने बताउनुभयो ।

प्रशिक्षक निर्मला चौहान भण्डारी, महिला जनचेतना केन्द्रकी अध्यक्ष राधा प्रधान कार्की, प्रशिक्षार्थीहरुका तर्फबाट गीता निरौलालगायतले बोल्नुभएको थियो । संकल्प महिला संघ मेचीनगर—६ का अध्यक्ष डम्बरकुमारी थापाकोे सभापतित्वमा भएको समापन समारोहमा तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा तालिममा सहभागी ७३ वर्षीया मैया कार्कीलाई सम्मान र प्रशिक्षार्थीहरुका तर्फबाट चौहानलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन भिमा गिरी र स्वागत मेनुकाले

गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.