रूस युक्रेनमाथिको सैन्य कारवाहीबाट पछि नहटे हामी पनि तयार छौं : अमेरिका

A notice in Nepali from Mechinagar Ward No. 10

१२ फागुन, काठमाडौँ : रूसले युक्रेनमाथिको सैन्य कारवाही फिर्ता नलिए अमेरिकाले आफू पनि तयार रहेको बताएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैन्य कारवाहीको घोषणा गरेपछि अमेरिकाले यस्तो प्रतिक्रिया दिएको हो।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बीबीसीसँगको कुराकानीमा रुस पछि नहटे आफुहरु पनि तयार रहेको चेतावनी दिएका हुन्। रुसले युक्रेनमाथिको कारवाही जारी राखे अमेरिकाले प्रतिवाद गर्ने ब्लिंकेनले बताएका छन्।

उनले रूसको उक्त कदमलाई दुर्भाग्यपूर्ण भनेका छन्।

अमेरिकी राष्ट्रपति बाइडेनले पनि रुसको उक्त कदमलाई कडा शब्दमा भर्त्सना गरेका छन्। रुसको उक्त कदम अनुचित र अकारण रहेको बाइडेनको टिप्पणी छ। उनले विश्व युक्रेनको पक्षमा रहेको बताएका छन्।

रुसको कदमले हजारौँको ज्यान जाने र युसको सम्पूर्ण जिम्मेवार पुटिनले लिनुपर्ने बाइडेनले बताएका छन्। रुसको कदमविरुद्ध जी–७ राष्ट्रहरुसँग छलफल गरी निर्णय लिनेसमेत उनले बताए।

रुसी राष्ट्रपति पुटिनले बिहीबार बिहान युक्रेनमाथि सैन्य कारवाहीको घोषणा गरिसकेका छन्। यसक्रममा अन्य राष्ट्रहरुले प्रतिरोध गर्न खोजे तत्काल जवाफ दिने पनि चेतावनी दिइसकेका छन्।

पुटिनको घोषणासँगै युक्रेनको राजधानी किभ,  डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.