एमाले मेचीनगर प्रमुख र उपप्रमुखमा सांसददेखि पत्रकारसम्म आकांक्षी

A notice in Nepali from Mechinagar Ward No. 10

नेकपा एमाले मेचीनगरले स्थानीय तहको निर्वाचनका लागि प्रमुख र उप–प्रमुख पदको उम्मेद्वारको टुंगो लगाउन छलफल सुरु गरेको छ ।
ईटाभट्टा स्थित किरात याक्थुम चुम्लुङमा मंगलबार एमाले मेचीनगर कमिटिको चौथो पूर्ण बैठकमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा प्रमुख र उप–प्रमुख पदका उम्मेद्वारका आकांक्षीहरुको नाम संकलन गरिएको छ ।

बैठकमा मेयरमा ७ र उपमेयर पदमा ८ जना उम्मेद्वारको रुपमा आकांक्षी देखिएका छन् ।

नगर प्रमुख पदमा प्रदेश १ का सांसद एवम् एमाले प्रदेश कमिटि सदस्य गोपालचन्द्र बुढाथोकी, एमालेकी केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिकाकी उप–प्रमुख मिना पोखरेल उप्रेती, एमाले क्षेत्र नम्बर १ का संयोजक एवम् तत्कालिन काँकरभिट्टा गाविसका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे, मेचीनगर इन्चार्ज देवकुमार राई, क्षेत्र नम्बर १ ‘क’ का पूर्व अध्यक्ष बन्धनकुमार मुण्डा, अनेमसंघकी केन्द्रीय सदस्य लता प्रसाई र एमाले प्रदेश कमिटि सदस्य एवम् तत्कालिन बाहुनडाँगी गाविसका पूर्व अध्यक्ष निलकण्ठ तिवारी आकांक्षी देखिएका हुन् ।

त्यस्तै, नगर उप–प्रमुख पदमा एमाले जिल्ला सदस्य रमा भण्डारी ढकाल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् एमाले जिल्ला सदस्य मोहन काजी, एमाले जिल्ला सदस्यहरु सविता दाहाल, कल्पना ओली सिटौला, टिकाराम मंग्राती, कृष्ण कनाल, मेचीनगर अध्यक्ष राजु पोखरेल र मेचीनगर सचिवालय सदस्य एवम् मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना आकांक्षी देखिएका छन् ।

एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलको अध्यक्षतामा सम्पन्न वैठकमा एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज रविन कोइराला, केन्द्रीय सल्लाहकार सदस्य एवम् पूर्व बागमति प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई लगायतको सहभागिता रहेको थियो ।

लोकतन्त्रपोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.