तारा एयर विमान दुर्घटना अपडेट : १६ जनाको शव भेटियो (फोटो सौजन्य: सशस्त्र प्रहरी बल नेपाल)

A notice in Nepali from Mechinagar Ward No. 10

तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव भेटिएको छ ।

विमानमा सवार २२ जनामध्ये हालसम्म १६ जनाको शव फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए।

उनका अनुसार १२ जनाको शव छरिएको अवस्थामा र २ जनाको शव चेपिएको अवस्थामा फेला परेको छ। अन्यको खोजी जारी रहेको प्राधिकरणले जनाएको छ। शव तथा सुरक्षित रहेका सामान संकलन गरी हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भएको कर्णले बताए।

हिजो बिहानदेखि हराएको तारा एयरको नाइन एन ए इटी कलसाइनको विमान आज बिहान मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। हिजो विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको विमान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो।

विमानमा धनुषाको मिथिला नगरपालिका ११ लोटागाउँका एकै परिवारका ७ जना रहेका थिए । विमान दुर्घटनाग्रस्त भएपछि गाउँ नै शोकमा डुबेको छ। गोरखाको शहीद लखन गाउँपालिका–५ को तिनपानेका पनि एकै परिवारका ४ जना रहेका थिए।

जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेको तारा एयरले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.