मेचीनगर, १२ पुस | सन् २०२१/०२२ को लागि रोहितकुमार बुढाथोकीको अध्यक्षतामा नयाँ नेतृत्व र सन् २०२३/०२४ का लागि इञ्जिनियर रुद्र मैनालीलाई अध्यक्ष सर्वसम्मत चयन गदैं अन्तर्राष्ट्रिय रोटरी नेपाल भुटान ३२९२ अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको दशैं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
झापाको मेचीनगरस्थित होटल ग्रेसमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले गर्नुभएको थियो । पूर्व अध्यक्ष दिलीप सुवेदी संयोजक रहेको निर्वाचन समितिले सन् २०२३/०२४ का लागि अध्यक्ष पदमा इञ्जिनियर रुद्र मैनाली र सन् २०२१/०२२ को लागि रोहितकुमार बुढाथोकीको नेतृत्वको पदाधिकारीहरुको नाम सार्वजनिक गरेको थियो ।
निर्वाचन समितिका संयोजक सुवेदीका अनुसार बुढाथोकी नेतृत्वमा प्रेसिडेन्ट इलेक्टमा सुजन प्रधान, प्रेसिडेन्ट नोमिनीमा इञ्जिनियर रुद्र मैनाली, इमिडेट पास्ट प्रेसिडेन्टमा कृष्णकान्त (नवराज) खनिया तथा भाइस प्रेसिडेन्टमा डक्टर आनन्दराज खनाल र मेदनिप्रसाद खरेल रहनु भएको छ । यसैगरी सेक्रेटरीमा उदयकुमार श्रेष्ठ, जोइन्ट सेक्रेटरीमा भगिरथ राई, कोषाध्यक्षमा युवराज भट्टराईलाई साधारण सभाले सर्वसम्मत चयन गरेको छ ।
क्लब एडभाइजरमा पूर्वअध्यक्षहरु गोपाल तामाङ र ललितबहादु तामाङ, क्लब ट्रेनरमा दिलीप सुवेदी, क्लब मेन्टरमा मोहन निरौला, वेभ मास्टरमा इञ्जिनियर विवेक श्रेष्ठ, टिच कमिटी चियरमा राधिका गुरुङ, आइटि चियरमा दुर्गाबहादुर लुईटेल, रोट्रयाक मेन्टरमा पेमा तामाङ, युथ सर्भिसमा दिपेन्द्रराज पाण्डे, द रोटरी फाउण्डर चियरमा बशन्त तिवारी, सर्जेन्ट एट अर्म्समा अशोककुमार श्रेष्ठ, सर्भिस चियरमा शरद खनाल, पव्लिक रिलेसन चियरमा कमल थापा, मेम्बरसिप कमिटी चियरमा कृष्णराज पौडेल, क्लब एडमिनीस्ट्रेसन चियरमा राजु मर्हजनलाई जिम्मेवार प्रदान गरिएको छ ।
बुढाथोकी नेतृत्वमा विमल आचार्य, केशवराज पाण्डे, नविन वराल, लक्ष्मीदेवि खनिया, मुना प्रधान, विजया तामाङ, गीता आचार्य, जीवनबाबु सिल्वाल, बब्लु क्षेत्री र प्रकाश श्रेष्ठ सदस्यमा चयन हुनुभएको निर्वाचन समितिका सदस्य लक्ष्मीदेवि खनियाले बताउनुभयो । निर्वाचन समितिमा सुवेदी र खनियासहित पूर्व अध्यक्ष राजु महर्जन हुनुहुन्थ्यो ।
प्रमुख अतिथि मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ विशिष्ट अतिथि वडानम्बर ४ का वडाध्यक्ष नविन बरालले रोटरीले स्वास्थ्य, शिक्षा, वाताबरणलगायत सामाजिकक्षेत्रमा पुर्याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । प्रेसिडेन्ट कृष्णकान्त (नवराज) खनियाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सेक्रेटरी उदयकुमार श्रेष्ठ र धन्यवाद ज्ञापन भाईस प्रेसिडेन्ट डक्टर आनन्दराज खनाल र स्वागत प्रेसिडेन्ट नोमिनी सुजन प्रधानले गर्नुभएको थियो ।