नयाँ बिहानी आमा समूहको साधारणसभा सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

१४ असोज, धुलावारी : झापाको मेचीनगर— १० स्थित नयाँ बिहानी आमा समूहको ५ औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सामुदायिक अध्ययन केन्द्र लालपानीको सभाकक्षमा प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले पानसमा दीप बालेर साधारणसभाको उद्घाटन गर्नुभएको थियो ।

उहाँले अब हरेक महिला परनिर्भर नभएर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । कुनै कुनै सीप सिकेर सिकेको सीपलाई व्यवहारमा उतार्न सके दुई चार पैसाकालागि कसैले मुख ताक्नु नपर्ने उहाँले बताउनुभयो ।

अब स्थानीय सरकारले नगरभरिका महिलाहरुलाई कुनै न कुनै सीप सिकाएर दक्ष बनाउने र त्यसका लागि मेचीनगर ८ मा महिलाहरुलाई लक्षित गरेर महिला सीप केन्द्र भवन धमाधम निर्माण भइरहेको र निर्माणको अन्तिम चरणमा रहेको समे बताउनुभयो । संस्थाकी अध्यक्ष कमला बुढाथोकीले कार्यक्रमको अध्यक्षता गदैं वार्षिक प्रतिवेदन र ऋण संयोजक सुनिता सापकोटाले २ लाख ५८ हजार ६ सय १२ रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सचिव रोश्नी खनालले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर वडा नम्बर १० का वडा सदस्य विशाल कार्की, लंकाशनि सहकारी संस्थाका अध्यक्ष रुपा पौडेल, प्रगतिशील युवा क्लबका अध्यक्ष कविता कार्की, नयाँ बिहानी आमा समूहका सल्लाहकार उमाकान्त खनाल, राम बुढाथोकीलगायतले बोल्नुभएको थियो । संस्थाकी उपाध्यक्ष लक्ष्मी बजगाईँले स्वागत गर्नुभएको कार्यक्रममा समूहले विभिन्न समयमा आयोजना गरेको प्रतियोगितात्मक कार्यक्रममा प्रथम दोस्रो र तेस्रो हुनेलाई पुरस्कार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.