जंगली हात्तीले क्याम्पसमा क्षति पु¥यायो

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर , पुष २६ । झापा जिल्लामा जंगली हात्तीको आक्रमणबाट वर्षेनी जनधनको क्षति हुने गरेको छ । आज आइतबार बिहान पनि जंगली हात्तीले क्षति पु¥याएको छ ।

मेचीनगर १३ चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पस परिसरमा आइतबार बिहान आएको जंगली हात्तीले क्षति पु¥याएको हो ।

क्याम्पसका विद्यार्थी र शिक्षकहरुको साइकल तथा मोटरसाइकल राख्नका लागि क्याम्पसले निर्माण गरेको पार्किङ भवनको पर्खाल जंगली हात्तीले भत्काएको हो ।
क्याम्पस प्रमुख माधव प्याकुरेलका अनुसार हात्तीले भवनको करिब २० फुट पर्खाल भत्काएको जसबाट अन्दाजी २० देखि २५ हजार मूल्यबराबरको क्षति भएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.