१५ जेठ, भद्रपुर : निजी विद्यालयमा पठन पाठन गराउदै आएका शिक्षकहरुको हकहितको लागि स्थापना भएको संस्थागत विद्यालय शिक्षक युनियन( इस्टु)भद्रपुर नगर समितिको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। आज सम्पन्न भएको अधिवेशनले अध्यक्ष बिदुर ढुङ्गाना ,उपाध्यक्ष प्रिन्सिला राई,सचिव रमेश भट्टराई ,कोषाध्यक्ष मदन बहादुर थापा र अन्य सदस्य रहने गरी २१ सदस्यीय समिति गठन गरेको छ।
भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल प्रमुख तिथि रहेको सो कार्यक्रममा कोशी प्रदेश इस्टुका सहसचिव राजु बराल,झापा इस्टुका अध्यक्ष होमनाथ खतिवडा,भद्रपुर वडा नम्बर ८ का अध्यक्ष गौरव राई विशेष अतिथिका रुपमा रहनुभएको थियो। इस्टु भद्रपुर नगरका निवर्तमान अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बिदुर ढुङ्गानाले स्वागत मन्तव्य राख्नु भएको थियो भने निकाश पाण्डेले कार्यक्रम सन्चालन गर्नुभएको थियो।

























