काँकरभिट्टा, ५ माघ | नेपालमा प्रतिबन्धित लागूऔषध ५० दशमलव ८४० ग्राम ब्राउनसुगरसहित दुईजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल विओपी काँकरभिट्टा मातहत मेचीनगर— ६ मेची डाडा सीमा इलाका स्थित फरवार्ड पोष्ट मेचीपुलबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक नगेन्द्र भण्डारी नेतृत्वको पैदल गस्ती टोलीले सुनसरी जिल्ल महेन्द्रनगर — ४ बस्ने २४ वर्षीय इश्वर थापा र पाचथर जिल्ला अमरपुर — ६ बस्ने २७ वर्षीय अरुण सुब्बा लिम्बुलाई सोमबार पक्राउ गरेको हो
सशस्त्र प्रहरी बल नेपाल विओपी काँकरभिट्टाका विओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राईका अनुसार अबैध बाटो प्रयोग गरी नेपाल प्रवेश गदैंगर्दा शंका लागेर उनीहरुलाई प्रहरीले चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा इश्वर थापाको साथबाट नेपालमा प्रतिबन्धित लागूऔषध ५० दशमलव ८४० ग्राम ब्राउनसुगर फेला पारेको विओपी पति सशस्त्र प्रहरी निरीक्षक राईले बताउनुभयो ।
प्रहरी उनीहरुका साथबाट मोवायल २ थान, नगद ९ हजार ५ सय ३२ रुपैयाँ, अमेरिकी डलर २० को १ थान, कतारी रीयाल १ को २ थान र भारतीय १० को २ थान रुपैयाँ समेत फेला परेको छ ।
थापाले आफुलाई काठमाण्डौको एकजना व्यक्तिले ल्याउन लगाएको र सो वापत आफुलाई नगद १० हजार रुपैयाँ दिएको प्रहरीलाई वयान दिएका छन् । थापाका अनुसार उक्त परिमाणको ब्राउनसुगरको मुल्य १ लाख २० हजार पर्ने र त्यो रकम समेत काठमाण्डौंको व्यक्तिबाट ल्याएर आफैले भारतीय एक नागरिकलाई दिएको बयान दिएका छन् । लिम्बुले भने यस घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको र आफु निर्दाेष रहेको बयान दिएका छन् ।
बरामद लागूऔषधसहित दुवैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल विओपी काँकरभिट्टाका विओपी पति सशस्त्र प्रहरी निरीक्षक राईले बताउनुभयो ।

























