नेकपा (एकीकृत समाजवादी) को ‘समाजवादी जागरण अभियान २०८०’को तयारी पुरा

A notice in Nepali from Mechinagar Ward No. 10

१३ असोज, मेचीनगर : नेकपा (एकीकृत समाजवादी)ले भोलीदेखि शुरु गर्ने ‘समाजवादी जागरण अभियान २०८०’को तयारी पुरा भएको जनाएको छ । समाजवादीले यही असोज १४ गतेदेखि असोज २९ गतेसम्मको समाजवादी जागरण अभियानको तयारी पुरा भएको जनाएको हो ।

अभियानको तयारीका बारेमा जानकारी दिने उद्घेश्यले पार्टी केन्द्रीय कमिटीले शनिवार काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा पत्रकार सम्मेलन गर्दै ‘रोजगारी, समृद्धि र सुशासन’ को नाराका साथ गर्न लागेको समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा देश रूपान्तरणको मूल एजेन्डासहित अभियान सुरु गर्न लागेको बताईको छ । भोलीबाट काँकरभिट्टाकोे मेची नदी किनारबाट सुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । यस अवधिमा करिब १ हजार किलोमिटर यात्रा हुने छ । अभियानका क्रममा विभिन्न जिल्लाहरुमा पार्टीका विभिन्न तह र तप्काका कमिटीहरुसँग छलफल गर्दै र जनताको कुरा सुन्ने पार्टीले जनाएको छ ।

समाजवादी जागरण अभियानमा समृद्धि र समाजवादको लागि हुनुपर्ने ठोस कार्यक्रमका बारेमा जनतालाई जानकारी गराउने, आगामी माघ १४ गतेदेखि १८ गतेसम्म हुने पार्टीको महाधिवेशनका लागि महाधिवेशनअघि जनताको सुझाव संकलनका रुपमा पनि यो अभियान रहेको छ ।

यस अभियानको क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै जनताको सल्लाह, सुझाव पनि सुन्ने पार्टीले जनाएको छ । वर्तमान राजनीतिक दलहरुमा समाजवादमा कसरी पुग्ने भन्ने कुरामा अस्ष्टता रहेको भन्दै पार्टी भने स्पष्टता साथ अघि बढेको बताईको छ । पत्रकार सम्मेलनमा पार्टी उपाध्यक्ष घनेन्द्र बस्नेत, उपमहासचिवहरु डाक्टर विजय पौडेल र जगन्नाथ खतिवडा, कोशी प्रदेश अध्यक्ष बलदेव चौधरी, केन्द्रीय सदस्यहरु शारदा घिमिरे, अशेस घिमिरे, मेचीनगर नगर अध्यक्ष हरि तिम्सिनालगायत जिल्ला, क्षेत्रीय, नगर तथा विभिन्न कमिटीका नेता कार्यकर्ताको सहभागिता थियो ।

अभियानमा अवधिभर करीव ५ सय जना हुने र प्रत्येक जिल्लामा सम्बन्धित जिल्ला कमिटीले अभियानको व्यवस्थापन गर्ने समाजवादीको नेता विपी भट्टराईले जानकारी दिनुभयो । पत्रकार सम्मेलन केन्द्रिय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको अध्यक्षतामा भएको थियो ।

अध्यक्षमा पोर्तेल

हिमाल पोर्तेलको अध्यक्षतामा १४ सदस्यीय मेचीनगर खेलकुद महासंघ मेचीनगर गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) निकट महासंघको उपाध्यक्षमा साजन तामाङ रहनु भएको छ ।

झापाको काँकरभिट्टामा शनिवार सम्पन्न भेलाबाट गठित समितिको सचिवमा आशीरवाद खडौलिया, कोषाध्यक्षमा शिव राजवंशी तथा सदस्यहरुमा सन्नी पुन, विजय खतिवडा, शिवु राजवंशी, नित्य खडौलिया, यामकुमार निरौला, विराट डाँगी हाँसी मियाँ, निशान भुजेल र कमलनाथ लुईटेल रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.