मेचीनगरबाट २३ लाख रुपैयाँ भन्दा बढीको सुनको कारोवार, साढे २ केजी चाँदी खरिद विक्री

A notice in Nepali from Mechinagar Ward No. 10

४ मंसिर, मेचीनगर : देशभरबाट तिहारको चारदिनमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सुनको कारोबार हुदाँ झापाको मेचीनगरबाट मात्रै २३ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको सुनको खरिद विक्री (कारोवार) भएको नेपाल सुन चाँदी व्यवसायी महासंघ शाखा मेचीनगरले जनाएको छ ।

शाखा अध्यक्ष टोलबहादुर (नारायण) सुनारका अनुसार संघमा ६२ जना सुन चाँदी व्यवसायी आवद्घ छन् । यो अवधिमा नगरका विभिन्न सुन पसलबाट करीब २० तोला सुन किनबेच भएको शाखाले जनाएको छ । जसको बजार मूल्य २३ लाख २० हजार रुपैयाँ बराबर हुन्छ ।

यसवाहेक संघमा आवद्घता नभएका व्यवसायीहरुबाट पनि कारोवार भएको छ । यसका लागि यो मूल्य र परिमाण बढ्ने आशंका शाखाको छ । यो मूल्य र परिमाण व्यवसायीले अपेक्षा गरे भन्दा निक्कै न्यून हो । अध्यक्ष सुनारका अनुसार यसबर्षको तिहारको यो अवधिमा भएको सुनको कारोवार कोभिडअघिका तिहारको तुलनामा झण्डै २० देखि २५ प्रतिशतले कमि हो । कोभिडअघिका तिहारमा नगरका व्यवसायीहरुले बजारमा यस अघि बिक्री नभएर बैंकहरुमा रहेको सुन तिहारमा खपत हुने बताएका छन् । बिबाहको लगनको महिना मंसिर सुरु भएसंगै बजारमा सुन चाँदीको कारोबार बढ्ने व्यवसायीले अपेक्षा गरेका छन् ।

तिहारको यो अवधिमा मेचीनगरबाट साढे २ केजी चाँदीको कारोवार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघ शाखा मेचीनगरले जनाएको छ । ‘तिहार र कात्तिक महिना सकिए लगत्तै बिबाहको लगनको महिना मंसिर शुरु भएसँगै सुनमा उपभोक्ताको चासो बढछ् ’ एकजना व्यवसायीले नाम नलेखिदिन आग्रह गर्दै भने—‘ मूल्य श्रृंखला हेर्दा मंसिरमा सुन थप महँगो हुन सक्ने आंकलन गर्न सकिन्छ । ’ नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तिहारको चारदिनमा देशभरबाट एक अर्ब ३२ करोड ७९ लाख ९५ हजार रुपैयाँ बराबरको १ सय ३५ किलो सुन बिक्री भएको छ ।

आइतबारको तुलनामा ‐आज) सोमबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ बृद्घि भएको छ भने चाँदीको मूल्य १ हजार ४ सय ५० रुपैयाँमा स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुनको मूल्य एक लाख १५ हजार ७ सय र तेजावी सुनको मूल्य एक लाख १५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार एक लाख १५ हजार ५ सय रुपैयाँमा छापावाल सुन र एक लाख १४ हजार ९ सय ५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको बताईएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.