५ पौष, मेचीनगर : राष्ट्रिय निजी तथा अवासीय विद्यालय एशोसिएशन नेपाल, (एन प्याव्सन) मेचीनगर समितिको पद हस्तान्तरण कार्यक्रम बिहीबार सम्पन्न भयो । समितिमा मेचीनगरका १६ वटा विद्यालय सदस्यका रुपमा छन् । 

मेचीनगर —१० धुलावारीमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष भगिरथ राईले नवनिर्वाचित अध्यक्षसहितका पदाधिकारीहरुलाई माईन्यूट हस्तान्तरण गरी पदभार प्रदान गर्नुभयो ।
राष्ट्रिय निजी तथा अवासीय विद्यालय एशोसिएशन नेपाल, (एन प्याव्सन)मेचीनगर समितिको अध्यक्षमा कविन्द्र श्रेष्ठ, उपाध्यक्षमा राजेश निरौला, सचिवमा जीवन कट्टेल, कोषाध्यक्षमा दीपेन्द्र प्रधान र सदस्यहरुमा शिव मैनाली र खेमराज थाम्सुहाङ्ग चयन हुनुभएको थियो । समितिको पहिलो बैठकले तेजबहादुर रिजाललाई सदस्यमा मनोनित गरेको छ ।
मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय निजी तथा अवासीय विद्यालय एशोसिएशन नेपाल, (एन प्याव्सन) केन्द्रीय सदस्य सञ्जिवकुमार राईले नवनिर्वाचित अध्यक्ष कविन्द्र श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराउनुभयो । तीनवर्षे कार्यसमितिको अवधि २०८४ को भदौसम्म रहने छ ।
त्यस लगत्तै अध्यक्ष श्रेष्ठले समितिका अन्य पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभयो । दुईचरणमा सम्पन्न कार्यक्रममा पहिलो चरणको अध्यक्षता भगिरथ राईले तथा दोस्रो चरणको अध्यक्ष कविन्द्र श्रेष्ठले गर्नुभएको थियो । सोहि अवसरमा नगरभित्र रहेका राष्ट्रिय निजी तथा अवासीय विद्यालय एशोसिएशन नेपाल, (एन प्याव्सन) का सदस्य विद्यालयलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने, नवनिर्वाचित पदाधिकारीहरलाई समेत प्रमाण पत्र प्रदान गरियो । कार्यक्रममा शिक्षासेवी दिलीप अधिकारीलाई सम्मान गरिएको थियो ।
नेपाली समाज र राष्ट्रकालागि आवश्यक दक्ष एवम् इमान्दार जनशक्ति उत्पादन गर्न अविछिन्न रुपमा क्रियाशील रहदैं आफ्नो सम्पूर्ण जीवन शिक्षा क्षेत्रमा समर्पित गरेको र शिक्षा क्षेत्रको उन्नयनमा पुर्याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै उहाँको आजीवन लगाव सदभाव, सहकार्य र सहयोगको सदैव समरणमा रहने भन्दैं उहाँलाई सम्मान पत्र प्रदान गरिएको हो । प्रमुख अतिथि मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले सम्मानित अधिकारीलाई अविर टिका माला खादा पहिर्याएर सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दैं प्रमुख अतिथि नगर उपप्रमुख उप्रेतीले नगरको शैक्षिकस्तर सुधारका लागि स्थानीय सरकार लागि परेको र शिक्षा नगरको पहिलो प्राथमिकतामा परेको स्पष्ट पार्नुभयो । उहाँले प्याव्सन र एन प्याव्सनलाई एउटै छातामूनि गोलबद्घ हुन आग्ह समेत गर्नुभयो । ‘अब प्याव्सन र एन प्याव्सन होईन दुवै अलग अलग होईन एउटै हुनुपर्छ,’ उहाँले भन्नुभयो —‘अब फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ यसकारण पनि दुईवटा संस्था एउटै बन्नुपर्छ । यो मेरो पहिलो माग हो ।’
उपप्रमुखले यसो भनिरहदाँ मञ्चमा अतिथिकारुपमा रहनु भएका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याव्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालले मुन्टो हल्लाएर उहाँको भनाइको समर्थन गरिरहनु भएको थियो । ‘भाई फूटे ग्वार लुटे’ भन्ने उखान स्मरण गराउँदै उपप्रमुख उप्रेतीले यो अखान चरितार्थ हुन नदिन पनि दुवै संगठन एक हुनुको विकल्प नरहेको धारणा राख्नुभयो ।
एक—आपसमा भएका स साना कमिर कमजोरीलाई एउटै मञ्चमा बसेर समिक्षा गरी आ—आफ्नो कमि कमजोरी नदोहोर्याउने प्रतिवद्घता व्यक्त गर्न र दुवै संस्था एक भएको हेर्न चाहेको उहाँको भनाई थियो । कार्यक्रममा नेपाल शिक्षक महासंघ मेचीनगर अध्यक्ष केशव पौडेललगायतले बोल्नुभएको थियो भने । निवर्तमान अध्यक्ष राईले विदाई तथा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले प्रतिवद्घता मन्तव्य राख्नुभएको थियो । पहिलो चरणको कार्यक्रम सञ्चालन सचिव कविन्द्र श्रेष्ठ र दोस्रो चरणको कार्यक्रम सञ्चालन सचिव जीवन कट्टेलले गर्नुभएको थियो ।
कार्यक्रममा मेचीनगर सामाजिक विकास समिति संयोजक एवम् कार्यपालिका सदस्य हृदय राजवंशी, नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याव्सन मेचीनगरका अध्यक्ष डम्बर रुचाल, नेशनल प्याब्सन झापाका अध्यक्ष प्रेम शेर्मासहित राष्ट्रिय निजी तथा अवासीय विद्यालय एशोसिएशन नेपाल,(एन प्याव्सन) का केन्द्रिय, जिल्लातहका प्रमुख प्रतिनिधि, शिक्षासेवी सञ्चारकर्मीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको अन्त्यमा नगर प्रमुख गोपालचन्द्र बुडाथोकी समेतको आथित्थता रहेको थियो ।
को हुन् सम्मानित व्यक्तित्व अधिकारी
विस २००४ साल कार्तिक ७ गते पिता धनबहादुर र माता नैनामाया अधिकारीको कोखबाट खोटाङ् जिल्लाको तात्कालिन बतासे गाँउ पञ्चायत वडा नम्बर—७ वालिङखामा माइलो सुपुत्रको रुपमा अधिकारीको जन्म भएको थियो । २०२२ सालबाट तत्कालिन नकलबन्दा गाँउपञ्चायतमा बसाइ सरी स्थायी रुपमाबसोबास गर्दै आउनु भयो उहाँ । २०२४ साल माघ १४ गते काँकरभिट्टाका समाजसेवी, शिक्षप्रेमीहरुको सक्रियतामा स्याउला र कासको छानो भएको “श्री बीरेन्द्र प्राईमरी स्कुल” स्थापना भयो । त्यही स्कुल केहि दिनमै काँकरभिट्टा प्राईमरी स्कुलको नाममा परिवर्तन भयो । २०२९ सालमा नयाँ शिक्षा योजना लागू भएपछि पुनः त्यही स्कुल काँकरभिट्टा प्राथामिक विद्यालयमा रुपान्तरित भयो ।

त्यसपछि तात्कालिन प्रधानध्यापक बुद्धिनाथ पौडेल सरुवा भएर बाहुण्डाँगी गए पछि २०२९ साल पौष १ गते देखि अधिकारी काँकरभिट्टा प्राथामिक विद्यालयको स्थायी प्रधानध्यापकमा नियुक्ती हुनुभयो र त्यस विद्यालयको बागडोर सम्हाल्न थाल्नुभयो । २०३४ सालमा विद्यालयलाई निमावि बनाउन होस वा २०३८ सालमा मावि नै बनाउन किन नहोस तथा २०५५ सालमा उच्च मावि बनाउनै उत्तिकै योगदान छ, शिक्षासेवी अधिकारीको । २०६७ साल सम्म ३३ वर्ष लामो समयावधि काँकरभिट्टा माविमा कार्यरत रहदा होस वा २०३८ साल माघ १६ गतेबाट सूर्याेदय आवासिय मावि मेचीनगर नगरपालिका— ६ मा स्थापना गरेर शिक्षाको क्षेत्रमा उहाँले अतुलनीय योगदान गर्दै आउनुभएको छ ।
२०६१ सालबाट राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपालमा आफ्नो विद्यालयलाई आवद्ध गरी निरन्तर रुपमा संस्थाको उन्नति र प्रगतिको लागि अघि बढिरहदाँ २०६७ सालमा सम्पन्न जनकपुर अधिवेशनबाट झापा जिल्लाको तर्पmबाट केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभयो उहाँ । २०७० मा काठमाण्डौमा भएको केन्द्रीय अधिवेशनबाट पुनः केन्द्रिय सदस्यमा निर्वाचित भएर आफ्नो कार्यकाल सफलरुपमा सम्पन्न गर्नुभएको थियो उहाँले । राष्ट्रिय निजी तथा अवासीय विद्यालय एशोसिएशन नेपाल, (एन प्याव्सन) को उन्नती र प्रगतिमा आफ्नो महत्वपूर्ण सल्लाह सुझाव निरन्तर प्रदान गरिरहनु भएको छ उहाँले ।
संगठनलाई यस उचाई सम्म ल्याइपु¥याउन उहाँले निक्कै योगदान गर्नुभएको छ । यहि योगदानको उच्च मूल्याङ्कन गर्दै राष्ट्रिय निजी तथाआवासीय विद्यालय एसोशिएसन नेपाल, मेचीनगरनगर समितिको प्रथम पद हस्तानतरण कार्यक्रम २०८० को शुभअवसरमा अधिकारीको सु–स्वास्थ्य र दीर्घजीवनको कामना सहित उच्च सम्मानका साथ सम्मानित गरिएको हो । काँकरभिट्टा माविबाट अवकास हुर्दै गर्दा उहाँले अब म यो ‘रिटायर्ड लाईफ’ शिक्षा सेवा र समाजसेवामा नै खर्चिने बताउनुभएको थियो ।
उहाँले शिक्षक भएकै कारण खुलेर राजनीतिमा कहिल्यै लाग्नु भएन् । विद्यालयमा जादा सधैभरि विद्यालयकै चिन्ता थियो । लामो समयसम्म प्रधानध्यापककै रुपमा रहनु भउका अधिकारीको शिक्षाक्षेत्रको चौतर्फी विकाशका लागि योगदान कम छैन । उमेरका कारण अवकाश प्राप्त गर्नुभयो उहाँले । उहाँले पढाएका धेरै विद्यार्थी यतिखेर कोहि डक्टर त कोहि कुशल प्रशासक, अनि कोहि दक्ष शिक्षक शिक्षिका अनि धेरै उच्च ओहोदामा पुगि सकेकाछन् । जो जहाँ पुगे पनि यसको प्रमुख श्रेय उहाँलाई जाने गर्छ ।

















