अब भारत भ्रमणमा जाँदा नेपालीले सहजै सिम कार्ड पाउने

नेपालीहरू भारत भ्रमणमा जाँदा अब सजिलै त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका छन्। भारत सरकारले सोमबार नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्था ल्याएको हो। भारतको सञ्चार मन्त्रालयले सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो।

भारत भ्रमणमा जाँदा नेपालीले नागरिकता, भोटर कार्ड, पासपोर्टमध्ये कुनै एकबाट त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका हुन्। त्यस्तै भारतस्थित नेपाली दूतावासले जारी गरेको फोटोसहितको प्रमाणपत्रले पनि सिम कार्ड खरिद गर्न सकिनेछ।

नेपालीहरूले सहजरूपमा सिम कार्ड पाउने भारत सरकारले निर्णय गरे पनि यसको कार्यान्वयनका लागि भने केही समय लाग्ने बताइएको छ।

भारत भ्रमणमा गएका नेपालीले सिम कार्ड नपाउँदा सास्ती भोग्दै आएका थिए। सिम कार्ड नपाएर सास्ती भोग्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासमा नेपालीहरूले गुनासो टिपाएका थिए। दिनहुँ गुनासो आउन थालेपछि नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपालीहरूका लागि सिम कार्ड वितरणमा सहजता प्रदान गर्न भारत सरकारसँग पहल गरेका थिए। राजदूत श्रीवास्तवको निरन्तर प्रयासपछि भारत सरकारले नेपाली र भुटानी नागरिकका लागि सिम कार्ड वितरणमा सहजता ल्याएको हो।

नेपालीहरूले सहजरूपमा सिम कार्ड पाउने भारत सरकारले निर्णय गरे पनि यसको कार्यान्वयनका लागि भने केही समय लाग्ने बताइएको छ।

यसअघि विदेशीहरूका लागि सिम कार्ड पाउन पासपोर्टमा भिसा स्ट्याम्पको आवश्यकता अनिवार्य रहेको थियो। आधार कार्ड नभएका र पासपोर्टमा भिसा नभएका विदेशीहरूले भारतीय सिम कार्ड नपाउने भएपछि त्यसको प्रत्यक्ष मारमा नेपाली र भुटानीहरू परेका थिए।अन्नपूर्णपोष्ट

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.