पाेखरा, १३ माघ | घुमाै पूर्व प्रदेश नम्बर १ भन्ने मुख्य नारासहित आन्तरिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन समितिकाे बिटुबि अभियानले वागमती र गण्डकी प्रदेशका व्यवसायीहरूसँग अन्तरक्रिया गरेकाे छ । वागमती प्रदेशकाे पर्यटकीय स्थल साैराहा र गण्डकी प्रदेशकाे पाेखरामा कार्यक्रम गरेकाे हाे ।
कार्यक्रम दुवै प्रदेशका हाेटल तथा पर्यटन व्यवसायीहरूले १ नम्बर प्रदेशकाे धार्मिक एवम् पर्यटकीय स्थलकाे विकास र प्रवर्द्धनमा एकसाथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । अभियानकाबारेमा प्रष्ट पार्दै १ नम्बर अान्तरिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन समितिका संयाेजक भविशकुमार श्रेष्ठले दुवै प्रदेशका व्यवसायीहरूलाई १ नम्बर प्रदेशमा पर्यटकलाई घुम्न पठाईदिन मात्र हाेईन उद्योगी व्यवसायीलाई १ नम्बर प्रदेशमा लगानी गर्न समेत अाग्रह गर्नुभयाे ।
जुनसुकै प्रदेशमा पर्यटन र हाेटल सञ्चालन गरे पनि यसभित्र देखिएका सवैखाले समस्या साझा समस्या भएकाले यसकाे समाधानमा समेत साझारूपमा हरेक व्यवसायी अघि बढ्नुपर्ने विचार राख्नुभयाे । बाह्य पर्यटकका भरमा चलेका नेपालका पर्यटन र हाेटल व्यवसाय नाेवल काेराेना भाईरस काेभिड १९ का कारण धराशायी बनेकाे भन्दै संयाेजक श्रेष्ठले अब सवैजना आन्तरिक पर्यटक प्रवर्द्धनमा लाग्नुपर्ने बताउनुभयाे । हाेटल एशाेसिएसन नेपाल हानका केन्द्रीय सदस्य राजन श्रेष्ठले पर्यटन विकासमा अब पनि सवै व्यवसायी एकसाथ अघि नबढ्ने हाे भने व्यवसाय नै संकटमा पर्ने चिन्ता व्यक्त गर्नुभयाे ।
१ नम्वर प्रदेशका व्यवसायीहरूले वागमती र गण्डकी प्रदेशका उत्पादन विक्री गर्न लागि रहदाँ यी प्रदेशका पर्यटन र हाेटल व्यवसायीहरूले १ नम्बर प्रदेशका उत्पादन विक्रीमा भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभयाे । १ नम्बर प्रदेश आन्तारिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन समितिका सह संयाेजक बासुदेव वरालले १ नम्बर प्रदेश धार्मिक एवम् साँस्कृतिकलगायत धेरै कारणले सम्भावना बाेकेकाे प्रदेश भएकाले यहाँ पर्यटकका थुप्रै कुरा रहेकाले पर्यटक पठाईदिन आग्रह गर्नुभयाे । नेपाल पर्यटन बाेर्डका वरिष्ठ निर्देशक काशीराज भण्डारीले १ नम्बर प्रदेशका व्यवसायीहरूलाई अब शिरमा कञ्चनजंघा र सगरमाथालाई राखेर अघि बढ्न सुझाव दिनुभयाे । १ नम्बर प्रदेशमा पर्यटककालागि धेरै कुरा भएपनि यसकाे विकास र प्रवर्द्धन तथा प्रचार प्रसार गर्न नसकेकाे उहाँकाे भनाई छ । विश्वकै अग्लाे सर्वाच्च शिखर सगरमाथा र नेपालकै हाेचाे स्थान केचनाकवलसमेत १ नम्बर प्रदेशमा पर्ने भएकाले यसकाे प्रचार प्रसारमा जुट्नुपर्ने आजकाे आवश्यकता रहेकाले यसमा लाग्न व्यवसायीलाई सुझाव दिदैं यसकालागि नेपाल पर्यटन वाेर्डले जस्ताेसुकै सहयाेग र यसकाे प्रवर्द्धनमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
अहिले काेभिडले थला परेकाे पर्यटन र हाेटल व्यवसायलाई पुरानै लयमा फर्काउन सवै व्यवसायी एकसाथ अघि बढ्नुपर्ने उहाँकाे जाेड थियाे । उहाँले पाेखरा पर्यटककाे राजधानी भएकाले यहाँका उत्पादन प्रमाेसनमा १ नम्वर प्रदेशलाई लाग्न अनुराेध गर्नुभयाे । कञ्चनजंघा चियावारीदेखि घाेडाचडी व्यवसाय समेत १ नम्बर प्रदेशमा भएकाले पनि याे प्रदेशका उत्पादन विक्री गर्न सके फाईदा पुग्ने उहाँकाे भनाई छ ।। के गर्दा धार्मिक एवम् पर्टकीयक्षेत्रकाे विकास र सम्वर्दध्न गर्न सकिन्छ अनि अधिक से अधिक पर्यटक भित्रियाउन सकिन्छ त्यसतर्फ लाग्न समेत उहाँले व्यवसायीलाई आग्रह गर्नुभयाे । पर्यटनलाई चलायमान बनाउनुपर्नेमा जाेड दिदै अग्नि कडेलले एउटा पर्यटन व्यवसायी सफल भए देशभरीका व्यवसायी सफल हुने बताउनुभयाे ।
हानका गण्डकी प्रदेश अध्यक्ष विकल तुलाधरले अहिले पर्यटन र हाेटल व्यवसाय संकटमा परेकाले याे संकटबाट व्यवसायीले धेरै कुरा सिक्ने अवसर भएकाे बताउनुभयाे । अब पर्यटक भनेका विदेशीमात्र हाेईन स्वदेशी पनि हुन भन्न बुझ्न आग्रह गर्दै अब बाह्यभन्दापनि अान्तरिक पर्यटकलाइ समेत आकर्षित गर्नुपर्ने बताउनुभयाे ।
नाटा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले गण्डकी प्रदेशकामात्र हाेईन देशभरकै पर्यटन र हाेटल व्यवसायीले ठूलाे क्षति व्याेहाेर्नु परेकाे बताउदै धेरै व्यवसायीहरू अहिले बाँध्य भएर पलायन भएकाे दुःखेसाे व्यक्त गर्नुभयाे । व्यवसायीहरूमा चूनाैती धेरै भए पनि अघि बढ्नुकाे विकल्प नरहेकाे बताउनुभयाे । अहिले सीमामा अावतजावतमा कडाई गरेका कारण पर्यटकहरू आउन नसकेकाले अब सरकारले यसका लागि लविङ गर्न अाग्रह गर्नुभयाे ।
कार्यक्रममा बाेल्ने अधिकाँश वक्ताहरूले पर्यटक बस, सीमा सहजका लागि अाग्रह गर्दै विभिन्न कारणले धराशायी भएका पर्यटकीय क्षेत्रकाे पुनरूत्थान गर्न जाेड दिएका थिए । कार्यक्रमकाे अध्यक्षता गर्दै १ नम्वर प्रदेश नाटाका अध्यक्ष उदयकुमार श्रेष्ठले पर्यटक बसकालागि पहल गर्ने बताउनुभयाे । उहाँले सवैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयाे । नेपाल पर्यटन बाेर्डकाे प्रवर्द्धन र नाटा १ नम्बर प्रदेश तथा हाेटल एशाेसिएसन हानकाे संयाेजनमा जारी अभियानले पाल्पा,स्याङ्जालगायतका पर्यटन र हाेटल व्यवसायीहरूसँग पर्यटकीय क्षेत्रकाे विकास सम्वर्धन र यसमा देखिएका समस्या र समाधानका विषयमा छलफल गर्ने नाटाका महासचिव नवीन खरेलले बताउनुभयाे ।

























