पत्रकार मोहन काजीलाई ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’

९ असार, झापा : लोकतन्त्र पोस्टका सम्पादक मोहन काजी ‘हेमकला–टिकाराम रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनु भएको छ ।

रोटरी क्लब अफ सुरुङ्गाले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष झापाका एक जना सञ्चारकर्मीलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । शनिवार साँझ सुरुङ्गाको होटल डिलाइटमा आयोजित सातौं रोटरी चार्टर डेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा सम्पादक काजीलाई उक्त सम्मान दिइएको थियो ।

कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी, रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिव कँडेल, पुरस्कारका अक्षयकोष दाता राम निरौला लगायतले पत्रकार काजीलाई सम्मान गर्दै दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख आशा शिवाकोटी, रोटरीका डिस्ट्रिक असिस्टेन्ट गभर्नर सन्दिप दिपु चापागाई, रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिव कँडेल, क्लवका संस्थापक अध्यक्ष एलपी उप्रेती, पूर्व अध्यक्ष खेमप्रसाद प्रसाई, पुरस्कार अक्षयकोषका संस्थापक राम निरौला लगायतले कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै पत्रकारिता, सामाजिक रुपान्तरण र लोकतान्त्रिक आन्दोलनमा सम्पादक काजीले पुर्याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो ।

उहाँहरुले रोटरी क्लव अफ सुरुङ्गाका सदस्यहरुले गाँस कटाएर जम्मा गरेको रकमले सामाजिक र मानवीय सेवाको क्षेत्रमा गरेको उल्लेखनीय सहयोग उदाहरणीय भएको बताउनु भएको थियो ।

रोटरी क्लव अफ सुरुङ्गाकी उपाध्यक्ष सरला दाहालले सञ्चालन गर्नु भएको र अध्यक्ष शिव कँडेलले अध्यक्षता गर्नु भएको उक्त समारोहमा संस्थाका पूर्व अध्यक्ष कुमारमणि पोखरेल, शुशिलकुमार श्रेष्ठ, यसअघि पुरस्कृत व्यक्तित्व तीर्थ खरेल लगायत पत्रकारहरु र रोटरी–रोट्रयाकमा आवद्ध महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कनकाई खबर साप्ताहिक तथा कनकाई खबर अनलाइनका सम्पादक राम निरौलाले आफ्ना माता–पिताको नाममा अक्षयकोष स्थापना गरेर तीन वर्ष अघि ‘हेमकला–टिकाराम रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’को स्थापना गर्नु भएको थियो ।

लोकतन्त्रबाट

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.