विराटनगर । विराटनगरमा मुटु तथा मृगौलासम्बन्धी एक दिने स्वास्थ्य शिविर हुने भएको छ ।
विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले सञ्चालन गर्न लागेको एक दिने स्वास्थ्य शिविर भोलि (बिहीबार) हुने भएको हो ।
अस्पतालमै हुन लागेको एक दिने स्वास्थ्य शिविरका लागि दिल्लीबाट दुई वरिष्ठ चिकित्सकको उपस्थिति रहने भएको छ । गुरगावँको फोर्टिस मेमोरियल अस्पतालका मुटु रोग विशेषज्ञ डा. रोहित गोयल र नेफ्रोलोजिस्ट तथा ट्रान्सप्लान्ट फिजिसियन डा. प्रथा कर्माकारद्वारा स्वास्थ्य शिविरमा सेवा प्रदान हुने भएको छ ।
स्वास्थ्य शिविरमा विशेषगरी मुटु तथा मृगौला रोगसम्बन्धी विशेष जाँच गरिने बताइएको छ । शिविरमा इको, इसिजीका कार्डियोलोजि प्याकेज तथा आरएफ्टी, सुगर र पिसाबको जाँचलगायतका नेप्रोलोजी प्याकेजसहितको उपचार सेवा रहने छ ।
अस्पतालले एक दिने स्वास्थ्य शिविरमा कार्डियोलोजी प्याकेज तथा नेफ्रोलोजी प्याकेज दुई हजार पाचँ सय रुपैयाँमा सञ्चालनका ल्याएको हो ।
साभार :कोसी अनलाइन

























