राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने स्टेशन कम हुँदा काममा ढिलासुस्ती : वडाध्यक्ष तामाङ

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर,माघ १५ । मेचीनगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष ललित तामाङले राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने स्टेशन कम हुँदा काममा तीव्रता आउन नसकेको बताउनुभएको छ  ।  ढिलासुस्ती र वडावासीहरुले भोग्नु परेको पीडाबारे जनगुनासो बढिरहदा वडाध्यक्षले  मेरोमेचीनगर अनलाइनसँग यस्तो कुरा बताउनु भएको हो ।

 

उहाँले विवरण संकलनका फारम ,सामाग्री  र कर्मचारीहरु जिल्लाबाट आएका र त्यसको समन्वय मात्र वडाले गरेको बताउनु भएको  छ  ।  आठ वटा स्टेशनबाट सेवा प्रवाह गर्ने योजना भए पनि कर्मचारी कम आईदिदा चार वटा स्टेशनबाट मात्र संकल गर्नुपरेकोले भीड देखिएको जानकारी दिनुभएको हो । मेचीनगर वडा नम्बर ६ मा  जनघनत्व बढी भएको हिसाबले तोकिएको समयमा विवरण संकलन गर्न  गाह्रो हुने र म्याद बढाउने  बारेमा छलफल गर्न  मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यलाई समेत आग्रह गरेको  वडाध्यक्ष तामाङले बताउनु भयो  ।

 

 

पुस २६  गतेदेखि मेचीनगर -६ को  काँकरभिट्टास्थित वडा कार्यालय भवन नजिकै रहेको टाउन हलमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन  हुदै आएको छ भने अहिलेसम्म करीब ४ हजारको विवरण संकलन गरेको तथ्यांक रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.