पतञ्जलि आयुर्वेदलाई चार करोड जरिवाना गर्ने मुम्बई उच्च अदालतको फैसला

१५ साउन, काठमाडौँ : भारतको मुम्बई उच्च अदालतले पतञ्जलि आयुर्वेदलाई ४ करोड भारतीय रुपैयाँ जरिवाना तोकेको छ । अगस्त २०२३ मा दिइएको एक आदेशलाई अपहेलना गरेको ठहर गर्दै उच्च अदालतले उक्त जरिवाना तोकेको हो ।

यसअघि मंगलम अर्गेनिक्सले रिट दायर गर्दै कपुर उत्पादनमा पतञ्जलिले उसको ‘ट्रेडमार्क’ उल्लंघन गरेको आरोप लगाएको थियो। निवेदनको सुनुवाइ गर्दै उच्च अदालतले पतञ्जलिलाई कपुरका उत्पादनहरू बिक्री नगर्न आदेश दिएको थियो।

अदालतको फैसलापछि पनि पतञ्जलिले कपूर उत्पादन बिक्री जारी राखेको निवेदकले दाबी गरेका थिए । उक्त आदेश पालना नभएको ठहर गर्दै अदालतले उक्त जरिवाना ताेकेकाे बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

यो जरिवाना रकम तिर्न पतञ्जलिलाई अदालतले दुई साताको समय दिएको छ । फैसला पालना गर्ने भन्दै पतञ्जलिले जुलाई २ मा अदालतमा माफी समेत मागेको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.