१६ भदाै, बाहुनडाँगी : नेपाल कम्युनिस्ट पार्टी (एमाले) मेचीनगर- १ नम्वर वडा कमिटीको दाेस्राे वडा अधिवेशनले आगामी तीनवर्षे कार्यकालकालागि डिकेन्द्र थापाकाे नेतृत्वमा २७ सदस्यीय नयाँ वडा कमिटी सर्वम्मत चयन गरेकाे छ । नेपाली काँग्रेसका क्षेत्रीय सदस्य रहेका बखत थापाले नेपाली काँग्रेस पार्टी परित्याग गरि साधारण समेत नरहने भन्दै उहाँ सहित तरूण दलका तात्कालिन वडा सभापतिगरी ६७ जना नेकपा एमालेमा प्रवेश गर्नुभएकाे थियाे । युवामाझ निक्कै लाेकप्रिय नेता थापा सामाजिक, शैक्षिक, धार्मिकलगायतका क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
२०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा उहाँले मात्र चुनाव जित्नु भएकाे थियाे कमिटीको उपाध्यक्षमा माेहन खनाल,सचिवमा हरि तामाङ ,सहसचिवमा भेषराज कार्की र खेमकुमारी कार्की सर्वसम्मत चयन हुनुभएकाे छ । मेचीनगर -१ गाडागल्लीस्थित सामूदायिक भवनमा आईतवार अधिवेशनकाे उद्घाटन प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा मेचीनगर नगरपालिका उपप्रमुख मीना पाेखरेल उप्रेतीले गर्नुभएकाे थियाे ।
उद्धघाटनका क्रममा प्रमुख अतिथि केन्द्रीय कमिटी सदस्य उप्रेतीले वडा नम्वर १ पार्टीका हरेक गतिविधिमा निक्कै सक्रिय रहेकाे स्पष्ट पार्नुभयाे । पार्टीको ध्यान दृष्टि अहिले मिसन ०८४ मा केन्द्रीत रहेकाले अब हरेक तह र तप्कामा रहेका पार्टीका नेता कार्यकर्ताकाे अर्जुनदृष्टि पनि मिसन ०८४ तर्फ केन्द्रीत हुनुपर्नेमा जाेड दिनुभयाे । अब पार्टी कमजाेर र एमाले उम्मेद्वारले हार व्यहोर्नुपर्ने अवस्था सिर्जना हुने गतिविधि गर्न कसैलाई छुट नभएकाे भन्दै केन्द्रीय सदस्य उप्रेतीले संघ र प्रदेशकाे निर्वाचनमा नेकपा एमालेले हार व्यहाेरेका कारण अहिले स्थानीय तह समेत साेचे अनुसार हाक्न नसकेकाे उहाँकाे भनाई थियाे ।
मेचीनगर नगरपालिकाका उपप्रमुख समेत रहनु भएका उप्रेतीले एमालेबाट चुनाव जितेका जनप्रतिनिधि र स्थानीय पार्टी कमिटीबीचकाे सम्बन्ध नङ र मासु झै हुनुपर्ने भन्दैँ उहाँले एमालेकाे मिसन ०८४ सफल पार्न जनप्रतिनिधि , पार्टी नेतृत्व र पार्टीका हरेक कमिटीका पदाधिकारी सदस्य जनताका समस्या बुझ्न उनीहरूका घर घरमा पुग्नु पर्ने बताउनुभयाे । नेकपा एमाले काेशी प्रदेश कमिटी सदस्य घनश्याम अधिकारी, नेकपा एमाले १ नम्वर क्षेत्रिय कमिटी संयाेजक कृष्ण कनाल, नेकपा एमाले मेचीनगर कमिटी अध्यक्ष राजु कार्की, नेकपा एमाले मेचीनगर कमिटी सदस्य रामकुमार राईलगायतले बाेल्नु भएकाे थियाे । उहाँहरूले आगामी निर्वाचनमा पार्टीलाई जीत दर्ता गर्न र संघ, प्रदेश र स्थानीय सरकारमा नेतृत्वदायी भूमिकामा पुर्याउन पार्टीलाई चलायमान बनाउनु पर्ने, पार्टी र उमेदवारहरूका बारेमा कुनै पनि माध्यमबाट नकरात्मक टीका टिप्पणी गर्न नहुने बताउनुभयाे । पार्टी वडा कमिटी अध्यक्ष भरत तामाङले उद्घाटन सत्रकाे अध्यक्षता गर्दैँ आफ्नाे कार्यकालमा भए गरेका कामकाे प्रतिवेदन प्रस्तुत गर्नुभयाे ।
कार्यक्रमकाे सञ्चालन सचिव जगन्नाथ भण्डारी र स्वागत वडा सदस्य खेमकुमारी कार्कीले गर्नुभएकाे थियाे । नेकपा एमाले काेशी प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनालीकाे नेतृत्वमा रहेकाे अध्यक्ष मण्डलले सर्वसम्मत नेतृत्व चयन गरेकाे हाे । नवनिर्वाचित पदाधिकारी सदस्यहरूलाई मैनाली, नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य खेमराज( राजु) पाेखरेललगायतले बधाई ज्ञापन गर्दैँ कार्यकाल सफलताकाे शुभकामना व्यक्त गर्नुभयाे । बन्द सत्रकाे सञ्चालन अध्यक्ष मण्डलका सदस्य पासाङ तामाङले गर्नुभएकाे थियाे ।