भेनियर सीटको निर्यात २ सय बढी प्रतिशतले बृद्धि

२० मंसिर, मेचीनगरः पूर्वी काँकरभिट्टानाकाबाट भेनीयर सीटको निर्यात २ सय बढि प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को पहिलो चारमहिनाको अवधिमा चालु आर्थिक वर्ष २०८१/०८२ को सोहि अवधिमा २ सय ४१ दशमलव ९४ प्रतिशतले निर्यात व्यपारमा बृद्धि भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।

नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पुर्याएको भन्सार अधिकृत एवम् सूचना अधिकारी गणपति कडेलले जानकारी दिए ।

उनका अनुसार चालु आवको साउनदेखि कात्तिकमसान्तसम्ममा काँकरभिट्टा नाका भएर १६ करोड ४५ लाख १२ हजार मूल्य बराबरको भेनियर सीट भारत निर्यात भएको छ । आर्थिक वर्ष २०८०/०८१ को पहिलो चारमहिनामा ४ करोड ८१ लाख ११ हजार रुपैयाँ मूल्य बराबरको भेनियर सीट निर्यात भएको सरकारी अभिलेख छ । गत आर्थिक वर्षको पहिलो चारमहिनाको तुलनामा चालु आवको सोहि अवधिमा २ सय ४१ दशमलव ९४ प्रतिशतले निर्यात व्यपारमा बृद्धि भएको हो ।

गोलिया काठबाट भेनियर पत्ती उत्पादन हुने गर्दछ भने भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउने गरिएको छ । नेपालमा भेनियर पत्ती सिधैँ भारत निर्यात हुने गरेको छ भने भेनियर पत्तीबाट प्लाई बोर्ड उत्पादन गरेर निर्यात गर्ने प्लाइउड उद्योगहरू स्थापना भएका छन् । भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउन नेपालभर ८० वटा प्लाईउड उद्योगहरू स्थापना भएका छन् । प्लाईउड उद्योगहरूले आफूलाई आवश्यक पर्ने कच्चा पदार्थको ८० प्रतिशत आपूर्ति गर्नका लागि उद्योगभित्रै एक सयभन्दा बढी भेनियर मेसिन जडान गरेका छन् ।

काँकरभिट्टा, विराटनगर र भैरहवा नाकाबाट यी सामानको भारत निर्यात हुँदै आएको छ। बिगतमा भन्सार अधिकारीहरुका अनुसार भारतबाट आयात गरेर माग धान्नुपर्ने अवस्था रहेकामा हाल भेनियर र प्लाईबोर्डमा नेपाल आत्मनिर्भर मात्र भएको छैन, निकासी गर्ने मुलुक बनेको उनको भनाइ छ। पहाडमा खेर गइरहेको कुकाठ बिक्रीबाट किसानको आयस्तर वृद्धि गर्न, मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्न, विदेशी मुद्राआर्जन गरी वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्न र राज्यलाई ठूलो मात्रामा राजस्व बुझाएर अर्थतन्त्रलाई बलियो बनाउन भेनियर उद्योगले महत्वपूर्ण योगदान पुर्याएको सम्बन्धित व्यवसायीहरु बताउँछन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.