रिडर्स फेस्टिभल आजबाट : उद्घाटन गर्न मूख्यमन्त्री कार्की आउने, करीब एक सय रिडर्स प्रतिस्पर्धामा सहभागी हुने

A notice in Nepali from Mechinagar Ward No. 10

२८ मंसिर, काँकरभिट्टा : झापाको काँकरभिट्टामा रिडर्स फेस्टिभल आजबाट सुरु हुने भएको छ । फेस्टिभल उद्घाटन गर्न कोशी प्रदेशका मूख्यमन्त्री हिम्मत कार्की आउनु हुने आयोजकले जनाएको छ । आजको पहिलो दिनको कार्यक्रममा साहित्यककार कृष्ण धाराबासीले लेखनको केन्द्र, केन्द्रको लेखन विषयमा बिचार राखी सकेपछि त्यसमा बहस हुने रिडर्स अभियानका अभियान्ता सन्तोष आचार्यले जानकारी दिनु भयो । फेस्टिभलमा करीब एक सय जना रिडर्सहरु प्रतिस्पर्धामा सहभागी हुने भएका छन् । नेपालमै पहिलो पटक हुन गइरहेको रिडर्सहरु बीचको प्रतिस्पर्धालाई तीन समूह बनाएर प्रस्तुत गरिने आयोजक संस्था रिडर्स अभियान नेपालले जनाएको छ ।

अभियानका सचिव मदन अधिकारीका अनुसार विद्यालय तह, क्याम्पस तह र खुल्ला गरी तीन वटा समूहमा रिडर्सहरुले आफुले अध्ययन गरेका पुस्तकका बारेमा धारणा राख्नेछन् । रिडर्सहरुको उक्त धारणाबाट विभिन्न विधामा उत्कृष्ट रिडर्सहरुको चयन गरी पुरस्कृत गरिने सचिव अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार नेपालबाट विद्यार्थी र खुला गरी करीब ८० जनाले फेस्टिभलको प्रतिस्पर्धामा सहभागी हुन फारम भरिसकेका छन् भने छिमेकी देश भारतबाट करीब २० जनाले फारम भरेका छन् ।

तीन दिवसीय फेस्टिभलमा विभिन्न पुस्तकका लेखक र पाठक (रिडर्स) हरुले सघन अन्तरक्रिया गर्ने रिडर्स अभियान नेपालका अध्यक्ष सन्तोस आचार्यले बताउनु भयो । ‘बेला बेला हुने कला–साहित्य उत्सवहरुमा लेखक र बौद्धिक भनिएका व्यक्ति मात्रै प्राथमिकतामा पर्ने गरेका छन,’ अध्यक्ष आचार्यले भन्नुभयो, ‘तर यो फेस्टिभलको मुख्य आकर्षण नै पाठक आर्थत रिडर्सहरु हुन् ।’ आचार्यले भन्नुभयो, ‘हाम्रो फेस्टिभलमा लेखकले चिन्दै नचिनेको पाठकले आफ्ना पुस्तकका बारेमा चर्चा गरेको हेर्न पाउने छन् ।’ वहाँका अनुसार फेस्टिभलमा नेपाल, भारत, भूटान र वर्मा समेतका लेखकहरुको सहभागिता रहनेछ । झापाली स्रष्टाहरुलाई नै मुख्य रुपमा फेस्टिभलमा सहभागी गराउने योजना रहेको अध्यक्ष आचार्यले बताउनु भयो ।

‘सभ्य समाज र समृद्ध जीवनका लागि अध्ययन’ भन्ने मूल नाराका साथ रिडर्स अभियान सञ्चालन गर्ने उद्देश्यका साथ सञ्चालित फेस्टिभल मंसिर २८ बाट ३० गते चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.