चारआली जंगलमा देखिएको ‘एक्ले हात्ती’ वन कार्यालयको निगरानीमा

१२ फागुन, झापा : झापाको चारआली आसपासका वन क्षेत्रमा केही दिनयता देखापरेको एक जंगली हात्तीलाई डिभिजन वन कार्यालय, झापाले निगरानीमा राखेको छ।

पाउ पाथीभरा मन्दिर आसपासमा घुमिरहेको उक्त हात्तीको अवस्थाबारे जानकारी लिन वन कार्यालयको प्राविधिक टोली, भेटेरिनरी डाक्टर सहित, निरन्तर अनुगमनमा खटिएको छ। डिभिजन वन कार्यालय, झापाका प्रमुख मेघराज राईका अनुसार हात्ती मानव बस्तीको नजिकै देखिएकाले थप सतर्कता अपनाइएको छ।

“हात्ती बस्ती छेउमै रहेको कारण हामीले निरन्तर निगरानी गरिरहेका छौं,” राईले भने, “भेटेरिनरी डाक्टरसहितको टोली हात्तीको स्वास्थ्य अवस्था अध्ययन गरिरहेको छ।”

वन कार्यालयको प्राविधिक टोलीका अनुसार हात्ती सामान्य अवस्थामा नै छ। “यो हात्ती बिरामी छ भन्ने अवस्था देखिएको छैन,” भेटेरिनरी डाक्टर सोनाम भलले बताए, “हामी निरन्तर अनुगमन गरिरहेका छौं, हालसम्म कुनै अस्वाभाविक लक्षण देखिएको छैन।”

डा. भलका अनुसार यो एउटा नर हात्ती हो, र सम्भवतः आफ्नो समूहबाट छुटिएर यहाँसम्म आइपुगेको हो।

“हन्जाबाट छुट्टिएको हुन सक्छ,” उनले भने, “हात्ती आफ्नो समूहतर्फ नै फर्कन खोजिरहेको देखिन्छ, तर मानव बस्तीका कारण फर्किन सकेको छैन।”

वन कार्यालयका टोलीले चितवन राष्ट्रिय निकुञ्जका विशेषज्ञहरूसँग पनि समन्वय गरी हात्तीको अवस्थाबारे जानकारी लिएको जनाएको छ। हाललाई हात्तीबाट कुनै तत्कालीन खतरा नरहेको समेत डा. भलले स्पष्ट पारे।

उनका अनुसार हात्ती अहिले चारआलीको पश्चिमी क्षेत्रतर्फ, पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ रहेको छ। वन कार्यालयको टोली हात्तीको गतिविधि निरन्तर अनुगमन गरिरहेको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.