काँकरभिट्टा मा .विद्वारा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10
मेचीनगर । काँकरभिट्टास्थित काँकरभिट्टा माध्यमिक विद्यालयले आज बिहीबार  भव्य रुपमा  स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुद्वारा कक्षा  ११ का  नव आगन्तुक विद्यार्थीहरुका निम्ति दिइएको उक्त स्वागत कार्यक्रम  सम्पन्न भएको हो ।
सचिन तिम्सिनाको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा मेचीनगर नगरपालिका -६ का वडा अध्यक्ष ललितबहादुर तामाङ , विशिष्ट अतिथिहरुमा काँकरभिट्टा माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद निरौला , विद्यालय व्यवस्थापन समितिका सदस्य भूपाल शिवाकोटीको आतिथ्यता रहेको थियो ।
उक्त कर्यक्रममा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै  विद्यालयको गुणस्तरीय शिक्षाको निरन्तर प्रगतिको लागि ललितबहादुर तामाङ, हरिप्रसाद न्याैपाने , टिकाराम पाैडेल, भुपाल शिवाकोटी  र तुलसीप्रसाद निराैलाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सोहि कार्यक्रममा कक्षा १२ को परीक्षामा जिपिए ३ .४६  अंक  प्राप्त गर्ने आयुष रिजाल  र कक्षा ११ को परीक्षामा जिपिए  ३.५२ अंक प्राप्त गर्ने सुजाता पनेरूलाई  टिका, खादा तथा नगदले  उत्कृष्ट विद्यार्थी सम्मान गरिएको थियो ।
उक्त  स्वागत गरिएको कार्यक्रममा विद्यार्थीहरुद्वारा बिचबिचमा प्रस्तुत गरिएका गीत, नृत्य, गजल र कविताले कार्यक्रमलाई थप रोचक बनाएको थियो । उक्त कार्यक्रममा विद्यार्थीको तर्फबाट माया चाैहान र युवराज मगरले  आफ्ना अनुभवहरु तथा स्वागत मन्तव्य  राखेका थिए भने  कार्यक्रम सञ्चालन निशाना खतिवडाले  गरेकाथिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.