अवैध हतियार प्रयोग ठूलो समस्या : झापामा तीनवर्षमा सातथान बरामद

A notice in Nepali from Mechinagar Ward No. 10

६ साउन, मेचीनगर ः

घटना नं १ :  झण्डै एकवर्ष अघि २०८१ भदौ ५ मा झापामा प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गर्यो ।
घटना नं २ :  २०८२ असार २४ मा झापाको काँकरभिट्टामा एयर पेस्तोलसहित एकजना भारतीय नगरिक पक्राउ परे ।
घटना नं ३ :  २०८२ साउन ५ मा झापाको भद्रपुरमा वेवारिसे अवस्थामा भरूवा बन्दुक भेटियो ।

यी त केही प्रतिनिधि घटनामात्र हुन् । वितेको आर्थिक वर्ष २०८१—८२ मा कोशी प्रदेशका १४ वटा जिल्लाबाट साना ठूला गरी ५० थान हतियार प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । त्यसमा संलग्न ४१ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिइएको बताइएको छ । यी हतियारका आडमा प्रदेशभरि विभिन्न अपराधहरु समेत भएका छन् । जानकारहरूका अनुसार पछिल्लो समय यस्तै अवैध हतियारका कारण अपराधका घटनाहरू हुन थालेका देखिन्छ जुन चिन्ताको विषय हो ।

साना हतियार प्रयोगले नेपाली समाजमा अपराध बढेपछि नेपाल प्रशासनले भारतीय प्रशासनसँग सहकार्य गरी नियन्त्रणको पहल पनि गर्दै आएको छ । पटकपटक सीमा सुरक्षा अधिकारीको बैठकमा यसबारे नेपाली पक्षले कुरा उठाउँदै आएको प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख प्रहरी नायव महानिरीक्षक ‐डीआइजी) ईश्वर कार्कीले जानकारी दिए ।

प्रमुख प्रहरी नायव महानिरीक्षक डीआइजी) कार्की

‘हामीले सीमा सुरक्षा अधिकारीको बैठकमा यसबारे कुरा उठाउँदै आएका छौं, प्रहरी नायव महानिरीक्षक ‐डीआइजी) कार्कीले भने—‘साना हतियार नियन्त्रण मिलेर गर्नुपर्छ भन्नेबारे छलफल गर्दै आएका छौं,’ यसको नियन्त्रण गर्न नेपाल र भारतका प्रहरीबीच सहकार्य दरिलो हुन आवश्यक छ ।’ यस्ता हतियार नियन्त्रणमा भारततर्फका यस्ता हतियार उत्पादन गर्ने उद्योग नै बन्द गर्नुपर्नेमा प्रहरी नायव महानिरीक्षक ‐डीआइजी) कार्कीको जोड छ । ‘दुई देशका सीमा सुरक्षा निकायबीचको दरिलो सहकार्यबाट मात्रै हतियार नियन्त्रण प्रभावकारी बन्नसक्छ,’ उनले थपे ।

बैठकमा नेपाली सुरक्षा अधिकारीले हतियार र लागूऔषध कारोबार नियन्त्रण गर्न कुरा राख्दा भारतीय सुरक्षा अधिकारीले नेपाली रक्सी भारतीय बजारमा पुगेको र भारतीय नक्कली नोटको कारोबार रोक्नेबारे कुरा उठाउँने गरेको एकजना प्रहरी अधिकारीले बताए ।

आर्थिक वर्ष २०७९—८० देखि गत आव २०८१—८२ सम्म तीनवर्षको अवधिमा अवैध हतियार सम्बन्धीका ११ वटा मुद्धा जिल्ला प्रहरी कार्यालय झापामा दर्ता भएका छन् भने, आठवटा मात्र फस्र्याेट भएको कार्यालयले जनाएको छ । तीनवर्षमा सातथान यस्ता हतियार प्रहरीले बरामद गरेको छ । आर्थिक वर्ष २०७९—८० को तीनवटा मुद्धा किनारा लाग्न सकेका छैनन् । यसमा संलग्न एघारजना पक्राउ परे पनि बाकी छ जना अझै पनि प्रहरी नियन्त्रण बाहिरै रहेको प्रहरीको भनाई छ । आर्थिक वर्ष २०८०—८१ मा भरुवा बन्दुक र कटुवा पेस्तोल एक÷एकथान प्रहरीले बरामद गरेको अभिलेख कार्यालयसँग छ । त्यो वर्ष यस सम्बन्धिका दुई र २०७९—८० चारवटा मुद्धा दर्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ‐डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१—८२ मा झापाबाट यो अवधिमा पाँच थान यस्ता हतियार प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८१—८२ मा भरुवा बन्दुक एक, कटुवा पेस्तोल एक र पेस्तोल तीनथान गरी पाँच थान अवैध हतियार बरामद भएका थिए ।

त्यसैगरी अवैध हतियारका घटनामा संलग्न तीन नेपाली र दुई भारतीय नागरिक गरी पाँचजना पक्राउ परेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ‐डीएसपी) खगेन्द्रबहादुर खड्काले जानकारी दिए । त्यस्तै आर्थिक वर्ष २०८१—८२ मा यससम्बन्धीका पाँच वटा मुद्धा दर्ता भई सवै फस्र्याेट भएको कार्यालयको अभिलेखले देखाएको छ ।

सरकारले इजाजत प्राप्त हातहतियार समेत सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा बोकेर हिड्न रोक लगाएको छ । तर, पनि सरकारी कार्यालयमा समेत त्यस्ता हतियार बोकेर हिड्ने मानिस पक्राउ परेको अभिलेख प्रहरीसँग छ ।

गृह मन्त्रालयले संसद भवन, अदालत, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था, सार्वजनिक यातायात, हाटबजार तथा सपिङ मल, सिनेमा हललगायत सरकारी तथा सार्वजनिक स्थलमा दर्ता हतियार बोकेर हिँड्न नपाउने गरी आदेश जारी गरेको छ । २०८० चैत ५ मा झापाको बुद्धशान्ति गाउँपालिका–४ का एक व्यक्तिलाई सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ , । उनको साथबाट ‘मेड इन जर्मनी’ लेखिएको ‘आर्मेरिया परिनी–एसआरएल’ स्वचालित हतियार (राइफल) र त्यसमा लाग्ने १ सय राउण्ड गोली पनि बरामद गरेको थियो । कुनै बेला गोलीसहित एकजना सांसद समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय साना हतियारको प्रयोगले शान्ति सुरक्षामा निक्कै चुनौती थपिएको नेपाल प्रहरीका उच्च अधिकारीहरुले बताएका छन् । प्रहरी अनुसन्धान अधिकृतहरुकै भनाई नै सापट लिने हो भने साना हतियारका ठूला अपराधः नियन्त्रण गर्न प्रहरीलाई धौधौ छ । साना हतियारको प्रयोगले भएका अपराधका उदाहरणहरु सातै प्रदेशमा निक्कै छन् । झापा प्रहरीले लागूऔषध कारोवारीलाई नियन्त्रणमा लिनका लागि पटक पटक गोली नै चलाउनु परेको थियो । गोली प्रहारबाट घाइते समेत भएका छन् ।

संगठित अपराध नियन्त्रण गर्न प्रहरी कडा रुपमा प्रस्तुत हुने गरेको झापा प्रहरीको भनाई छ । घरेलु हिंसाबाहेक हुने अपराधका घटनामा साना हतियारको प्रयोग हुन्छ । खुला सिमानाका कारण सजिलै भित्रियाउने त्यस्ता हतियार प्रहरीले सजिलैसँग भेट्न नसक्ने । जसका कारण साना हतियार प्रहरीका लागि सुरक्षा चुनौती बनिरहेको प्रहरीको भनाई छ । त्यस्ता हतियार सुरक्षा चुनौतीको रूपमा रहेको प्रहरी अधिकारीहरु बताउँछन् । भारतीय सीमासँग जोडिएका जिल्लामा छ्यापछ्याप्ती पाइने साना हतियार र यसको किनबेचले झनै सुरक्षा चुनौती बढाइरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

‘खुला सिमानाका कारण हामीलाई यी हतियार निक्कै चुनौती बनिरहेका छन्’ झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ‐डीएसपी) खड्काले भने, ‘यस्ता हतियार आफैमा चुनौती पूर्ण छन् । खुला सिमाना प्रहरीका लागि टाउँको दुःखाईको विषय बनेको छ । केही दिनअघिमात्र झापा प्रहरीले काँकरभिट्टामा एयर पेस्तोलसहित एकजना भारतीय नगरिक पक्राउ गरको थियो ।’

नेपाल र भारतबीचको खुला सीमाका कारण दुवैतिरका आपराधिक प्रवृत्ति व्यक्तिबीचको सहज सम्पर्कले साना हतियार ओसारपसार र प्रयोग बढेको प्रहरीको भनाई छ । साना हतियार लुकाउन पनि सजिलो हुने गरेका कारण पनि अपराधीहरूले आँखा छलेर बैकल्पिक बाटो प्रयोग गरेर नेपालमा हतियारमा भित्रियाउने गरेका छन् । कहिले काँहि प्रहरीले बरामद समेत गरेको प्रहरी नायव उपरीक्षक ‐डीएसपी) खड्काले बताए । बेला बखत वेवारिसे अवस्थामा समेत यस्ता हतियार फेला पर्ने गरेका छन् । साउन ५ मा भद्रपुर नगरपालिका–९ नहर टोल स्थित चन्द्रगढी–चारआली जाने सडक खण्डको दायाँपट्टि वेवारिसे अवस्थामा भेटिएको एक नाल भरूवा बन्दुक कस्ले ल्यायो ? कस्ले फ्याक्यो ? प्रहरीले अनुसन्धान गरिरहेको छ ।

एकजना प्रहरी अनुसन्धान अधिकृतको भनाई सापटी लिएर सीमावर्ती क्षेत्र तराईमा साना हतियार र पहाडमा भरुवा बन्दुक राख्ने गरिएको छ, यी कति बन्दुक त अपराधमा प्रयोग भइरहेका छन् । जस्ले सुरक्षा चुनौती बढाएका छन् । यति साना हतियारको भयाबह अवस्था नभए पनि बेलैमा नियन्त्रण गर्नु आवश्यक छ । नत्र, कालान्तरमा साना हतियार समग्र सुरक्षाकै लागि ठूलो चुनौती बन्न सक्ने एकजना पूर्व प्रहरी नायव उपरीक्षकको भनाई छ ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.