भद्रपुर प्रेस क्लबको नवनिर्मित कार्यालय भवनको उद्घाटन : ‘३० वर्षमा हुन नसकेको विकास निर्माणको काम प्रदेश सरकारले सात वर्षमा गर्यो ’: मुख्यमन्त्री कार्की

A notice in Nepali from Mechinagar Ward No. 10

१६ साउन, भद्रपुर  : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार प्रेस क्लब भद्रपुरको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन । सोहि अवसरमा अग्रज पत्रकार नकुल काजी, गोबिन्दचन्द्र क्षेत्री सहित विभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरे ।

क्लबको १५ औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यालय भवन उद्घाटन तथा दाता सम्मान कार्यक्रममा बोल्दैं मुख्यमन्त्री कार्कीले पत्रकारहरुले सकरात्मक समाचारलाई प्राथमिकता दिनसके समाजमा नकरात्मक सोच कम भएर जाने विश्वास व्यक्त गर्दैं अब हरेक पत्रकारहरु त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गदैं मुख्यमन्त्री कार्की

पछिल्लो समयमा नकरात्मक समाचारले प्राथमिकता पाउँदा समाज गलत बाटोतर्फ धकेलिएको भन्दैं मुख्यमन्त्री कार्कीले समाजलाई सहिढंगले अगाडी बढाउनका लागि पनि पत्रकारहरू खोज अनुसन्धान सकरात्मक समाचारतर्फ प्रेरित हुनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कार्कीले अग्रज पत्रकारले देखाएको मार्गलाई अवलम्बन गर्दै निश्पक्ष पत्रकारिता आजको आवश्यक रहेको बताउँदैं तथ्य सहितको समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे । उनले देशको आर्थिक उन्नतिलाई अग्रता देखाएर वैदेशिक रोजगारीको अन्त्य गर्ने गरी कलम चलाउन पत्रकारलाई सुझाँव दिए ।

समय समयमा यो मुलुकमा व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनहरुमा नेपाली पत्रकारहरुले देखाएको सक्रियता र त्यसका लागि चलाएको कलमको मुल्याङ्कन जति गरेपनि कम हुने उनको भनाई थियो । नेपाली सञ्चार जगतले यसरी नलागेको भए अहिलेकोे लोकतान्त्रिक गणतन्त्र मुलक सजिलै नहुने र पत्रकारहरुको योगदानका कारण अहिलेको व्यवस्था आएको दाबी गरे । अब यो व्यवस्थालाई बलियो बनाउन संघीयतालाई संस्थागत गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने मुख्यमन्त्री कार्कीले स्पष्ट पारे ।

अग्रज पत्रकार नकुलकाजीलाई सम्मान गर्दैं

देशमा केही भएन र केही गरिएको छैन भन्ने भ्रम छरेर केही सञ्चारकर्मीले सञ्चार माध्यमलाई दुरूपयोग गर्दा समाजमा वितृष्णा फैलिएको भन्दैं मुख्यमन्त्री कार्कीले अहिलेको विकास निर्माणलाई हेर्ने हो भने त्यो भाष्य गलत हुने दाबी गरे । ३० वर्षमा हुन नसकेको विकास निर्माणका काम प्रदेश सरकारले सात वर्षमा गरेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले मात्रै सातसय किलोमिटर भन्दा बढी सडक कालोपत्रे गरेको जानकारी दिए । देशकै पुरानो नगर भएर पनि भद्रपुर पछिल्लो समयमा पछि परेकोमा चिन्ता व्यक्त गर्दै यसलाई अगाडि बढाउनको लागि सबै लाग्नुपर्नेमा उनको जोड थियो ।

प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा भएको नवनिर्मित भवन उद्घाटन तथा दाता सम्मान कार्यक्रममा दीर्घ सेवा सम्मानबाट अग्रज पत्रकारद्वय नकुलकाजी र गोविन्दचन्द्र क्षेत्रीलाई नगद ११ हजार रुपैयाँ सहित प्रशंसापत्र तथा दोसल्ला ओढाएर मुख्यमन्त्री कार्कीले सम्मान गरे । दातालाई प्रमाण—पत्रले सम्मान गरिएको थियो । भवन निर्माणमा सहयोग पु¥याउने एकराज भट्टराई सहितका ३१ वटा संघसंस्था तथा व्यक्तिहरूलाई कदर—पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेशप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरतबहादुर खड्का, चन्द्रगढी सामूदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईलगायतले कार्यक्रममा मन्तव्य राख्दै झापाको समृद्धिसँग सञ्चार जगतको महत्वपूर्ण योगदान रहेको स्मरण गरेका थिए ।

कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र स्थानीय समाजसेवी समेतको सहकार्यमा कार्यालय भवन निर्माण गरिएको हो । नेपाल पत्रकार महासंघ झापा शाखाको चन्द्रगढीमा रहेकोे भवनको माथिल्लो तलामा क्लबको कार्यालय २२ लाख रुपैयाँको लगानीमा सभाहल सहित निर्माण गरिएको छ । कार्यक्रमको सञ्चालन रोहित काफ्ले र डिल्लीरमण नेपालले संयुक्तरुपमा गरेका थिए ।


दाताहरुलाई सम्मान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.