पर्यटन मञ्च झापा, नेपाल ओैपचारिक रूपमा घोषणा : घोषणाको अवसरमा अन्तरक्रिया

७ पुस, मेचीनगर :  पर्यटन मञ्च झापा, नेपाल नामको गैर नाफामुलक संस्था सोमबारबाट विधिवत रूपमा घोषणा गरिएको छ । संस्थाको औपचारिक घोषणासँगै परिचयात्मक तथा सीमापार पर्यटनको अवस्था, चुनौती र अवसरबारे अन्तरक्रिया समेत गरेको छ ।

संस्था दर्ता ऐन, २०३४ को दफा ४ बमोजिम २०८२ साल मंसिर २१ गते जिल्ला प्रशासन कार्यालय झापामा पर्यटन मञ्च झापा, नेपाल (नामको संस्था) दर्ता भएको छ ।

झापाको मेचीनगर–०६ काँकडभिट्टास्थित नेवाः सामुदायिक भवनमा कोशी प्रदेश सभाका सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यतामा संस्थाको ओैपचारिक रूपमा घोषणा गरिएको थियो । संस्थाको पदाधिकारीहरूमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष एक÷ एकजना तथा ६ जना सदस्य गरि कुल ११ जनाको कार्य समिति गठन हुने संस्थाको ( पर्यटन मञ्च झापा, नेपाल) को विधान २०८२ मा उल्लेख छ ।

सोहि अनुसार संस्थापकहरूमा अध्यक्ष उदयकुमार श्रेष्ठ , उपाध्यक्ष निरज श्रेष्ठ , सचिव नवराज (नवीन) खरेल, सहसचिव पवित्रा प्रधान र कोषाध्यक्ष आकाश श्रेष्ठ रहेका छन् । रीता प्रधान, रिना पाण्डे ,दीपक ओली, धर्मराज शिवाकोटी , मनोज वस्नेत,दीपक कार्की संस्थापक सदस्य हुन् । अध्यक्ष श्रेष्ठ पर्यटनका क्षेत्रमा निक्कै दक्ष र अनुभवी मानिन्छन् । उनी नेपाल एशोसिएशन, टुर्स एण्ड ट्राभल्स एजेण्ट नाट्टा कोशी प्रदेश समितिका संस्थापक तथा निवर्तमान अध्यक्ष हुन् । सचिव खरेल नाट्टाका वर्तमान महासचिव हुन् ।

संस्थापक अध्यक्ष उदयकुमार श्रेष्ठले संस्था घोषणा सभाको सभापतित्व गर्दै संस्थाको गठन उद्धेश्य र आवश्यकता स्पष्ट पारेका थिए । नेपालको समृद्ध भौगोलिक, साँस्कृतिक र प्राकृतिक विविधताले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बनाए पछि देशको पूर्वी प्रवेशद्वारको रूपमा झापा जिल्ला पर्यटकीय गतिविधिको दृष्टिकोणले अत्यन्तै सम्भावनायुक्त हो ।

तर, यस्को योजनावद्ध विकास, प्रचार प्रसार व्यवसायिक समन्वयमा अझै व्यवस्थित रूप दिनुपर्ने आवश्यकता छ । सीमापार पर्यटनको मुख्यद्वार मध्येको एक झापा जिल्लामा ट्राभल , टुर्स, होटल, रेष्टुरेन्ट , होमस्टे, तथा पर्यटन व्यवसायीहरूलाई एकीकृत गरि साझा मञ्चको रूपमा सञ्चालन गर्ने उद्धेश्यले प्रचलित कानूनको अधिनमा रहेर गैर नाफामुलक संस्थाको रूपमा पर्यटन मञ्च झापा, नेपाल स्थापना गरिएको अध्यक्ष श्रेष्ठले स्पष्ट पारे ।

संस्था मुनाफा रहित जनहितको सामाजिक संस्थाका रूपमा हुने, सीमापार पर्यटनका लागि सम्वद्ध निकायसँग समन्वय गर्ने, झापा जिल्लासँग सिमाना जोडिएका विभिन्न स्थानहरूमा हुने पर्यटकजन्य क्रियाकलापमा सहभागिता जनाउने, झापा जिल्ला भित्रका होटल, ट्राभल्स , टुर्स, होमस्टे, ट्रेकिङ तथा पर्यटनजन्य व्यवसायमा काम गर्ने व्यवसायीलाई एकीकृत गरेर उनीहरूको व्यवसायिक क्षमता विकस गर्न सहजीकरण गर्ने, पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने, स्वदेशी तथा विदेशी पर्यटकको संख्या वृद्धि गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने, स्थानीय, प्रादेशिक राष्ट्रिय नीतिका बिषयमा नीति संवाद कार्यक्रम सञ्चालन गर्ने, पर्यटन व्यवसायीहरूको साझा उद्धेश्य पूर्ति गर्ने संस्थाको रूपमा विकास गर्ने, स्थानीय सरकारहरूसँग सहकार्य र सहअस्तित्वमा आधारित रहेर काम गर्ने, भारतसँग सिमाना जोडिएका स्थानहरूमा पर्यटकहरूको स्वागत तथा सत्कारका लागि कार्यक्रम सञ्चालन गर्ने, पर्यटनसँग सम्बन्धि विभिन्न सरकारी, अर्धसरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरेर पर्यटन व्यवसायीहरको क्षमता विकास गर्ने, पर्यटनसँग सम्बन्धित मार्ट, मेला, तथा महोत्सव सञ्चालन गर्ने संस्थाको मुख्य उद्धेश्य रहेको संस्थापक अध्यक्ष श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले सबै क्षेत्रका पर्यटन व्यवसायी र पर्यटनसँग सम्बन्धित व्यक्तिहरुलाई समेट्ने लक्ष्यका साथ मञ्च गठन भएको बताए । विशेष क्षेत्रका आ—आफ्ना संघसंगठन मात्र भएकाले मञ्च सबैको साझा थलोको रुपमा रहने उनले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तामाङले पर्यटन पूर्वाधार, पर्यटन प्रवद्र्धन, र पर्यटकीय गतिविधिहरुको विविधिकरण तथा विस्तार गर्ने प्रदेश सरकारको नीति रहेको सन्दर्भ, नेपाल अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधर्म र सामाजिक विविधता एवम् ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण रहेको, राजनीतिक स्थिरता उन्मुख अवस्थाले शान्ति सुरक्षाको सुध्रिदो अवस्थाले नेपालको पर्यटन क्षेत्रमा आशाका किरणहरु फैलिएको महशुस गरिएको बताए ।

मुलुकको पर्यटन प्रवद्र्धन र बिकासका लागि यस्थता संस्थाको पनि उल्लेखनिय भूमिका रहेको बताउँदैं उनले जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई स्वदेशमा भित्रियाउन सकिने स्पष्ट पारे । त्यसका लागि यस्ता संस्थाले बिशेष योगदान गरेको छ र हाल संसारभरीकै लागि पर्यटन उद्योग सबैभन्दा ठूलो ब्यबसायका रुपमा परिणत भइसकेको बताए । कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्षका रुपमा मनाइरहेका बेला झापामा मञ्च गठन हुनुले यसलाई निक्कै ठूलो टेवा पुग्ने प्रदेश सभा सदस्य तामाङले विश्वास व्यक्त गरे ।

संस्था सदस्यहरूको साधारण, संस्थापक, आजीवन र मानार्थ गरि चार किसिममा वर्गीकरण गरेको संस्था प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए । कार्यक्रममा पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडा, पर्यटन पत्रकार मञ्च झापाका सचिव हिमाल खरेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

सीमापार पर्यटनको अवस्था, चुनौती र अवसरका विषयमा भएको अन्तरक्रिया कार्यक्रममा अध्यागमन कार्यालयका इन्द्रकुमार राजवंशी, कराते प्रशिक्षक राजु महर्जन, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष भूमि पौडेल, जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका सचिव दिपक ओली, सुरेश श्रेष्ठ ‐फेवा गोपाल) नेपाल ट्रेड यूनियन काँग्रेस केन्द्रीय सदस्य धर्मराज भण्डारीलगायतले आ—आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सहजीकरण मञ्चका सचिव नविन खरेलले गरेका थिए भने पर्यटन अधिकृत कट्टेलले पर्यटनका सम्भावना र गर्न सकिने कामका बारे जानकारी गराएका थिए ।

 

 

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.