संयुक्त राष्ट्र संघको जलवायु उत्थानशील सरसफाइ परियोजनाका लागि मेचीनगर छनोट

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर । झापाको मेचीनगर नगरपालिका संयुक्त राष्ट्र संघ (UN) को ‘जलवायु उत्थानशील सरसफाइ सेवा प्रवद्र्धन’ सम्बन्धी बहुदेशीय परियोजनाका लागि छनोट भएको छ। दक्षिणपूर्वी एसियाका न्यून आय भएका सहरी समुदायलाई लक्षित गरी सुरु गरिएको यो परियोजना नेपाल र लाओसमा मात्र सञ्चालन हुनेछ।

मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार संयुक्त राष्ट्र संघको विकास खाताको १७औँ बजेट अन्तर्गत यो परियोजना मेचीनगरमा सन् २०२६ देखि २०२८ सम्म सञ्चालन हुनेछ। ‘ग्लोबल साउथ वास फाइनान्सिङ एण्ड सस्टेइनेबिलिटी कन्फ्रेन्स–२०२६’ को अवसरमा युएन ह्याबिट्याट (UN-Habitat) का अधिकारीहरूले यसको शुभारम्भ गरेका हुन्।

मेचीनगर नै किन छनोट भयो? मेचीनगर-७ को काँकरभिट्टा र मेचीनगर-१३ को चारआलीमा दुई वटा मानव मलमूत्र प्रशोधन केन्द्रहरू सफलतापूर्वक सञ्चालनमा रहेकाले यस नगरपालिकालाई छनोट गरिएको युएन ह्याबिट्याटकी सुधा श्रेष्ठले जानकारी दिनुभयो। तीव्र सहरीकरण र जलवायु परिवर्तनका जोखिमलाई मध्यनजर गर्दै न्यून आय भएका समुदायमा सुरक्षित सरसफाइ सेवा विस्तार गर्न यो परियोजना कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

यस परियोजनाले फोहोरपानी व्यवस्थापन, मलमूत्र व्यवस्थापन र पूर्वाधार सञ्चालनमा प्राविधिक क्षमता अभिवृद्धि गर्दै वातावरणीय प्रदूषण कम गर्न र जीवनस्तर सुधार गर्न विशेष जोड दिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.