Wednesday, April 21, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारकाँकरभिट्टा खानेपानीको निर्वाचनमा मिश्रित परिणाम

काँकरभिट्टा खानेपानीको निर्वाचनमा मिश्रित परिणाम

साझा र लोकतान्त्रिक प्यानलका उम्मेद्वार विजयी

काँकरभिट्टा,२२ चैत | नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा मिश्रित परिणाम आएको छ । आईतबार सम्पन्न मत गणनाको अन्तिम नतिजा अनुसार सञ्चालक समितिको अध्यक्षमा राजकुमार पराजुली १ हजार ५ सय ९२ मत प्राप्त गदैं विजयी हुनुभएको छ । नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार पराजुलीले नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार हर्क फियाक लिम्बुलाई ८८ मतले पराजित गर्नुभएको हो । फियाकले कुल १ हजार ५ सय ४ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी उपाध्यक्षमा नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार गोविन्द गिरी १ हजार ४ सय ४१ मत प्राप्त गदैं विजयी हुनुभयो । उहाँका निटकतम प्रतिस्पर्धी नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार रिमादेखि खरेलले ९ सय मत प्राप्त गर्नुभयो । गिरी र खरेलको मतान्तर ५ सय १४ रहेको छ ।

यसैगरि स्वतन्त्र उपाध्यक्षका उम्मेद्वार कृष्णबहादुर सुवेदीले ४ सय ४८ र संघिय लोकतान्त्रिक मंचका तर्फबाट समेत उम्मेद्वार राजु चेम्जोङले २ सय ८२ मत प्राप्त गर्नुभएको थियो ।

सचिवमा नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार चन्द्रप्रसाद निरौला नेपाली काँग्रेस जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार दिलीपजंग सुब्बासँग ८० मतले पराजित हुनुभयो । निरौलाले १ हजार ३ सय ३५ र सुब्बाले १ हजार ४ सय १५ मत प्राप्त गर्नुभएको छ ।
कोषाध्यक्षमा नेपाली काँग्रेस जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार मीनाकुमार कटुवाल १ हजार ४ सय ९२ मत प्राप्त गदैं विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार हेमा सिटौलाले १ हजार २ सय ५३ मत प्राप्त गर्नुभयो । सिटौला २ सय ३९ मतले पराजित हुनुभएको हो । संघिय लोकतान्त्रिक मंचका उम्मेद्वार भवानी महतले २ सय ८४ मत प्राप्त गर्नुभएको छ ।

लेखा समिति संयोजक एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार जीवनकुमार थापाले १ सय ३९ मतले नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार कृष्ण कट्टेललाई पराजित गर्नुभयो । थापाले १ हजार ५ सय २३ र कट्टेलले १ हजार ३ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

लेखा समितिको खुला सदस्यतर्फ नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका इन्दिरा बुढाथोकी अधिकारीले १ हजार ४ सय ५० मत र महिला सदस्यमा समेत सोहि प्यानलकी मीरा कार्कीले १ हजार ५ सय ८७ मत प्राप्त गदैं विजयी हुनुभयो । उहाँहरुका प्रतिस्पर्धी क्रमस एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार टोलबहादुर सुनारले १ हजार ३ सय ७४ र सीता राईले १ हजार ३ सय ४९ मत प्राप्त गर्नभयो ।

यसैगरी महिला सदस्यमा दुर्गादेवि भेटवाल र पार्वति खड्का विजयी हुनुभएको छ । नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार भेटवालले १ हजार ४ सय १० र नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार खड्काले १ हजार ५ सय ६० मत प्राप्त गदैं विजयी हुनुभएको हो । पराजित महिला सदस्यहरुमा नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार मिनमाया लिम्बु सुब्बाले १ हजार १ सय १५ र नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार जोस्ना राजवंशीले १ हजार ३ सय ४३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी वडा नम्बर ५ सम्ममा नेपाली काँग्रेस ,जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार केदारजंग भट्टराई १ हजार ४ सय ९९ मत प्राप्त गदैं विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार रविन राउतले १ हजार ३ सय ९१ मत प्राप्त गर्नुभयो ।

वडानम्बर ६ का लागि नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार प्रितम काफ्ले १ हजार ५ सय ९७ मत प्राप्त गदैं विजयी हुनुभयो । कार्य समिति सदस्यमा सवैभन्दा बढी मत उहाँले प्राप्त गर्नुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार शेरबहादुर थापा ९ सय ३३ मत प्राप्त गदैं पराजित हुनुभयो । उता वडानम्बर ७ र ८ तर्फ नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार नारायण काफ्लेले नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार खगराज भट्टराई सुरेशलाई पराजित गर्नुभयो । काफ्लेले १ हजार ३ सय ५३ र भट्टराईले १ हजार १ सय १३ मत प्राप्त गर्नुभएको छ ।

सोहि वडाबाट संघिय लोकतान्त्रिक मंचका तर्फबाट उम्मेद्वारी दिनुभएका भवानीविक्रम तुम्बापोले ४ सय ५७ मत प्राप्त गर्नुभएको छ । निर्वाचन समितिका अनुसार कुल २ सय १४ मत बद्घर भएको छ ।


– अन्तिम मत परिणाम –


अध्यक्ष पदका उम्मेदवार
१ राजकुमार पराजुली – १५९२ (बिजयी)
२ लिलानाथ आङदेम्बे -२०७
३ हर्क बहादुर लिम्बु (फ्याक) – १५०४

उपाध्यक्ष पदका उम्मेदवार
१ कृष्ण बहादुर सुबेदी (किरण) – ४४८
२ गोविन्द गिरी – १४४१ (बिजयी)
३ राजु चेम्जोङ – २८२
४ रिमादेवी खरेल – ९००

सचिव पदका उम्मेदवार
१ चन्द्र कुमार राई – ४१९
२ चन्द्र प्रसाद निरौला – १३३५
३ दिलिपजङ्ग सुब्बा – १४१५ (बिजयी)

कोषाध्यक्ष पदका उम्मेदवार
१ भवानी महत – २८४
२ मिना कुमारी कटुवाल – १४९२ (बिजयी)
३ हेमा सिटौला – १२५३

लेखा समिति संयोजक पदका उम्मेदवार
१ कृष्ण कट्टेल – १३८४
२ जीवन कुमार थापा – १५२३ (बिजयी)

लेखा समिति खुल्ला सदस्य पदका उम्मेदवार
१ इन्दिरा बुढाथोकी (अधिकारी) – १४५० (बिजयी)
२ टोल बहादुर सुनार (नारायण) – १३७४

लेखा समिति महिला सदस्य पदका उम्मेदवार
१ मिरा कार्की – १५८७ (बिजयी)
२ सीता राई – १३४९

महिला सदस्य सदस्य पदका उम्मेदवार
१ जोश्ना राजबंशी – १३४२
२ दुर्गा देवी भेटवाल (अधिकारी) -१४१० (बिजयी)
३ पार्वती खड्का – १५६० (बिजयी)
४ मिनमाया लिम्बु (सुब्बा) – १११५

सदस्य पदका उम्मेदवार (वडा नं ५ सम्म)
१ कदर जंग भट्टराई – १४९९ (बिजयी)
२ रविन राउत – १३९१

सदस्य पदका उम्मेदवार (वडा नं ६ )
१ प्रकाश गुरुङ – ४८७
२ प्रितम काफ्ले – १५९७ (बिजयी)
३ शेर बहादुर थापा – ९३२

सदस्य पदका उम्मेदवार (वडा नं ७ ,८)
१ खगराज भट्टराई (सुरेस) – १११३
२ नारायण काफ्ले – १३५३ (बिजयी)
३ भवानी बिक्रम तुम्बापो – ४५७

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु