स्वास्थ्य मन्त्रालयले भन्यो : प्रणालीले थेग्‍नै नसक्ने गरी संक्रमण बढ्यो, अस्पतालमा शैय्या उपलब्ध गराउन सकिन्न, मापदण्ड मान्न अपील

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं | मुलुकका जनताको स्वास्थ्यको जिम्मेवारी लिने तालुकदार निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भन्दै अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्थामा पुगेको जनाएको छ।

मन्त्रालयले आज सर्वसाधारणका नाममा अपील जारी गर्दै ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसकिने भइसकेको छ’ भनेको छ।

मन्त्रालयका अनुसार यसअघि १४ जिल्ला कोभिड १९ को संक्रमणका कारण अत्याधिक प्रभावित थिए। आजको अपीलमा त्यो संख्या बढेर २२ पुगेको उल्लेख छ। अति प्रभावित जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर रहेको मन्त्रालयले जनाएको छ।

परिस्थिति संकटपूर्ण हुँदै गएको उल्लेख गर्दै मन्त्रालयले सर्वसाधारणलाई जनस्वाथ्यका मापदण्डहरु पालन गर्न आग्रह गरेको छ। मास्क लगाउन, भौतिक दुरी कायम राख्न, साबुन पानीले हात धुन लगायतका विषयलाई अपीलमा प्राथमिकता दिइएको छ।

मन्त्रालयले देशभित्र या बाहिरको आवतजावत पनि नगर्न अपील गरेको छ। ‘कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक वाह्य पर्यटनका लागि कहीँ कतै जाने कामहरु पूर्ण रुफमा नगर्न नगराउन’ पनि अपीलमा भनिएको छ।

देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेकाले संवेदनशील बन्न समेत अपीलमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.