आन्तरिक र भारतसँगको हवाइ उडान बन्द गर्ने सरकारको निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10

१९ वैशाख, काठमाडौं । सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।

अरु अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पूरा गरेर कायम राख्ने ती मन्त्रीले बताए । हाल अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने व्यक्तिले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.