पीसीआर ल्यावको उद्घाटन गर्दै प्रदेश प्रमुखले भने–‘सरकारको काम नागरिकले गरेर देखाउनुभयो’

A notice in Nepali from Mechinagar Ward No. 10

एकका लागि एक अभियानको अगुवाईमा एक करोडमा स्थापना भएको पीसीआर प्रयोगशालाको आज प्रदेश प्रमुख सोमनाथ अभिकारी प्यासीले उद्घाटन गरेका छन् ।

प्रयोगशाला उद्घाटनपछि बोल्दै प्रमुख अतिथि प्यासीले सरकारले गर्नुपर्ने काम नागरिकले गरेर देखाउनु अनुकरणीय रहेको भन्दै अभियानको प्रशंसा गरे ।

कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले ल्याबलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अभियानका सहसंयोजक विनाद बस्नेतले प्रयोगशाला स्थापना र सञ्चालनमा केही व्यक्तिहरुले अवरोध पुर्याउन खोजेको बताए । तर त्यस्तो जनविरोधी कार्य नटिकेको उनको भनाई थियो ।

ल्याबका लागि आवश्यक सम्पूर्ण उपकरण खरिद गरेर सञ्चालनको अवस्थामा पुर्याएर सरकारलाई जिम्मा लगाउन पाउँदा अभियानकर्मीहरुलाई हर्षको अनुभूति भएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।

कार्यक्रममा नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रदेशसभा सदस्य हिरा थापा, कनकाई नगरप्रमुख राजेन्द्र पोखरेल, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, कांग्रेस झापा सभापति उद्धव थापा, जसपा झापा अध्यक्ष अनुतलाल राजवंशीले मन्तब्य व्यक्त गरेका थिए ।

सो प्रयोगशालामा एक हजारभन्दा बढी कोरोना भाइरसको नमुना परीक्षण भइसकेको छ । मेची अस्पतालको प्रयोगशाला भने किट अभावमा केही दिन चलेर बन्द भएको छ । कार्यक्रमको अध्यक्षता अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.