बनेपामा बन्ने फिल्म सिटी निर्माण कार्यलाई तीव्रता दिइने

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाद्वारा काभ्रेको राहुलडाँडास्थित प्रस्तावित फिल्म सिटी निर्माणस्थलको अवलोकन, अदालतको फैसलापछि काम अघि बढाउने तयारी

A notice in Nepali from Mechinagar Ward No. 10
बनेपाको राहुलडाँडास्थित फिल्म सिटी निर्माणस्थलको अवलोकन गर्नुहुँदै सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

📌 मुख्य बुँदाहरू:

  • सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाद्वारा काभ्रेपलाञ्चोकको बनेपा–१०, राहुलडाँडामा बन्ने फिल्म सिटीको स्थगतरूपमा अवलोकन।
  • स्थानीय सामुदायिक वन र बासिन्दाको सहमतिमा आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाइने मन्त्री तिमिल्सिनाको प्रतिबद्धता।
  • अदालतबाट चलचित्र विकास बोर्डको पक्षमा फैसला आएपछि अब निर्माण प्रक्रियाले तिब्रता पाउने बोर्ड अध्यक्ष मनिष पण्डितको भनाइ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१०, राहुलडाँडामा निर्माण गर्ने तयारी गरिएको फिल्म सिटीको स्थलगत अवलोकन गर्नुभएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितलगायत स्थानीय जनप्रतिनिधिको उपस्थितिमा मन्त्री तिमिल्सिनाले बुधवार सो निर्माणस्थलको अवलोकन गर्नुभएको हो।

अवलोकनका क्रममा मन्त्री तिमिल्सिनाले फिल्म सिटी निर्माणलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाउने स्पष्ट पार्नुभयो। उहाँले स्थानीय सामुदायिक वन उपभोक्ता समिति र स्थानीय बासिन्दाको सहमतिलाई सर्वोपरि राखेर आयोजना निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। यो परियोजनाले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै मुलुकको पर्यटन क्षेत्रको नयाँ गन्तव्यका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने मन्त्री तिमिल्सिनाको भनाइ छ।

अदालतको फैसलापछि निर्माण प्रक्रिया तीव्र बनाइने

यसअघि विभिन्न विवाद र कानुनी मुद्दाका कारण अघि बढ्न नसकेको सो आयोजनासम्बन्धी मुद्दामा हाल चलचित्र विकास बोर्डको पक्षमा अदालतबाट फैसला आइसकेको छ। चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले अदालतको अनुकूल फैसलासँगै अब निर्माण प्रक्रियालाई थप तीव्र बनाइने जानकारी दिनुभएको छ।

त्यसैगरी, बनेपा नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर खड्काले केही सीमित व्यक्तिको अवरोधका कारण विकास निर्माणका कार्यहरू रोकिन नहुनेमा जोड दिनुभयो। फिल्म सिटीको निर्माण कार्य समयमै सम्पन्न गर्न सकेमा समग्र काभ्रेपलाञ्चोक जिल्लाकै आर्थिक विकास तथा पर्यटन प्रवर्धनमा कोसेढुङ्गा साबित हुने उहाँको विश्वास छ।

📄 प्रेस विज्ञप्ति / सूचना

Author
📄 Author
फिल्म सिटी निर्माणस्थलको सञ्चारमन्त्रीद्वारा अवलोकन
📄 फिल्म सिटी निर्माणस्थलको सञ्चारमन्त्रीद्वारा अवलोकन
फिल्म सिटी निर्माणस्थलको सञ्चारमन्त्रीद्वारा अवलोकन
📄 फिल्म सिटी निर्माणस्थलको सञ्चारमन्त्रीद्वारा अवलोकन
फिल्म सिटी निर्माणस्थलको सञ्चारमन्त्रीद्वारा अवलोकन
📄 फिल्म सिटी निर्माणस्थलको सञ्चारमन्त्रीद्वारा अवलोकन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.