लगानीको वातावरण सुधार्न ९० दिने कार्ययोजना ल्याउँदै छौँ: उद्योगमन्त्री साह

नीतिगत स्थिरता, पारदर्शिता र व्यवसायीका समस्या समाधानका लागि सरकारले ठोस कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
लगानीको वातावरण सुधार्न ९० दिने कार्ययोजना ल्याउँदै छौँ: उद्योगमन्त्री साह

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालमा लगानीको वातावरण सुधार गर्न व्यवसायीले उठाउँदै आएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यसहित ९० दिने कार्ययोजना ल्याउने तयारी भइरहेको बताएका छन्। काठमाडौंमा आयोजित ‘यूके–नेपाल बिजनेस फोरम’लाई सम्बोधन गर्दै मन्त्री साहले लगानी आकर्षित गर्न प्राकृतिक स्रोत र बजारको सम्भावना मात्र पर्याप्त नहुने बताउँदै कार्ययोजना बनाएर सुधारको काम थालिने स्पष्ट पार्नुभएको हो।

विश्व अर्थतन्त्रमा बढ्दो प्रतिस्पर्धाका बीच नेपालले पनि आफ्नो परम्परागत सोच र सरकारी कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री साहले लगानीका लागि नीतिगत स्थिरता, पारदर्शिता, सरकारी निर्णय प्रक्रियामा छिटोपना र लगानीकर्ताको विश्वास महत्वपूर्ण हुने बताए। उनले सरकारको कामको मूल्यांकन बैठक र छलफलको संख्याबाट नभई त्यसले व्यवसायीका समस्या समाधान गर्न पुर्‍याएको योगदानबाट हुनुपर्ने उल्लेख गरे।

९० दिने कार्ययोजनाको ढाँचा र प्राथमिकता

प्रस्तावित ९० दिने कार्ययोजना अन्तर्गत पहिलो ३० दिनभित्र बेलायती तथा नेपाली व्यवसायीका प्रमुख समस्या, लगानीका प्रस्ताव र नीतिगत तथा नियामकीय अवरोध पहिचान गरिनेछ। त्यसपछिको ६० दिनभित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, अन्य सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय गरी समाधानका उपाय खोजिनेछ।

निर्धारित ९० दिनको अवधिभित्रै सुधारका प्राथमिकता, जिम्मेवार निकाय, कार्यान्वयनको समयसीमा र प्रगति मापन गर्ने सूचकसहितको कार्ययोजना तयार गरी कार्यान्वयन तथा अनुगमन अघि बढाइने मन्त्री साहको भनाइ छ। उनले दोहोरो कर हटाउने सम्झौता, कर नीतिको स्थिरता, नाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्ति संरक्षण र निर्यात सहजीकरणजस्ता विषयलाई गम्भीरतापूर्वक लिइएको जानकारी दिए।

द्विपक्षीय व्यापार र डायस्पोराको भूमिका

नेपाल र बेलायतबीच लामो समयदेखि कायम मित्रता तथा सहकार्यलाई अब आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै मन्त्री साहले बेलायतमा रहेको नेपाली डायस्पोरालाई लगानी, विशेषज्ञता, नवप्रवर्तन र ज्ञान हस्तान्तरणमार्फत दुई अर्थतन्त्रबीचको सेतु बन्न आग्रह गरे। जलविद्युत, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, हरित प्रविधि, उत्पादनमूलक उद्योग, दिगो पूर्वाधार र सेवा क्षेत्रमा बेलायती लगानीको पर्याप्त सम्भावना रहेको उनको भनाइ छ।

कार्यक्रममा नेपाल-ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका सभापति रोशन राठीले नेपाल र बेलायतबीच ‘दोहोरो कर मुक्ति सम्झौता’ गर्न सके द्विपक्षीय व्यापार र लगानीका लागि बलियो आधार तयार हुने धारणा व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.